विभेद होइन देशलाई कसरी समृद्ध बनाउने तर्फ समयमै सोच्न जरुरी छ


थ्री गर्जैज जलविद्युत आयोजना बनाएर इन्जिनियरिङको क्षेत्रमा विश्वलाई चकित बनाएको छिमेकी मुलुक चीनले १४ सय किलोमिटर लामो कृतिम नदी बनाएर बिश्वलाई थप आश्चर्यमा पारेका छ । चीनकै दोस्रो ठूलो एलो रिभरलाई डाइभर्ट गरी राजधानी बेइजिङ लगायत स्थानमा खानेपानी र सिचाईंका लागि पानी आपूर्ति गर्न थालिएको छ । विश्वका विकसित राष्ट्रहरुले देशलाई समृद्धि बनाउनेदेखि मानव विकासको क्षेत्रमा पनि राम्रो प्रगति गरेर विश्वलाई नै चक्मा दिएका छन् । विकासको क्षेत्रमा छिमेकी राष्ट्रहरुले एकपछि अर्काे प्रगति गरिरहेका बेला नेपाल भने जातिय छुवाछुत जस्ता अमानवीय कार्यमा अड्किरहेको छ । हामी भन्दा गरिब मुलुकहरु एकाएक प्रगति गरेका छन् तर हाम्रा देशका राजनीतिक दलहरुको अर्कमण्यताका कारण हामीले विकासोन्मुख देशकै पथरी गुथिरहेका छन् । १२ वर्षे सशस्त्र द्धन्द्धका कारण मुलुकको प्रगति रोकिएपनि युद्ध शान्ति प्रक्रियामा परिणत भएको पनि लामो समय बितेको छ । द्धन्द्ध कहाँ भएको छैन । के द्धन्द्धपछि श्रीलंका विकास निर्माणमा गरेको प्रगतिलाई अनुशरण गर्न सकदैनौ ।
दुख त यस विषयमा छ हामी अझै पनि मानव मानवबीच गरिने विभेदमा अल्झिरहेका छौं । हामीले विकास कुरा कहिल्यै गरेनौ । बरु राजनीतिक दलहरुले कहिल्यै देश भलो चाहेनन भनेर एकोहोरो रटान लगाईर¥यौ । हामीले नागरिकको क्षेत्रबाट केही गर्न सकेनौ । हामीले सबैभन्दा पहिलो हाम्रो आचरणलाई स्वच्छ बनाउन जरुरी छ । तबमात्र अरुलाई दोष थुपार्न मिल्छ । विश्वमा मानव समाज यतिसम्म सभ्य बनेको छ तर पनि हामी जातिय विभेदकै विषयमा अल्झिरहेका छौ । हो कुनै समय जातिय विभेद थियो । तर, गोरा र काला बीच जारी विभेद समाप्त भएपछि अमेरिका अहिले विश्वकै शक्तिशाली राष्ट्र बनेको छ । मान्छे मान्छे समान हुन भन्ने कुरा जब हाम्रो मन र मस्तिष्कमा घुस्दैन तबसम्म जातिय विभेदका घटना उन्लमुनल हुन सक्दैन । राष्ट्रिय दलित आयोगको पछिल्लो तथ्यांक अनुसार, मुलुकका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै गएको जनाएको छ।
आयोगका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म आयोगमा जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी सातवटा निवेदन दर्ता भएका छन्। आयोगले अन्य १० वटा छुवाछूतसम्बन्धी घटनामा छानबिन गरिरहेको छ। आयोगमा खासगरी अन्तरजातीय विवाह गरेका कारण गाउ“ निकाला गरिएको, पानी छोएको निहु“मा कुटपिट गरिएको, मन्दिर प्रवेशसम्बन्धी घटनाबारे निवेदन आउने गरेका छन् । राज्यले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्न रकम उपलब्ध गराएपनि यस्ता घटना दोहोरिन नछाड्नुले त्यसको प्रभावकारिता माथि पनि प्रश्न उठाएको छ । अर्काेतर्फ छुवाछुत सम्बन्धि घटनामा क्षतिपूर्तिसहित पीडितलाई न्याय दिलाउने काम गरि“दा पनि जातिय विभेदका घटना दोहोरिएका हुन् । यस्ता अमानवीय घटनामा संलग्नलाई कानुन प्रक्रिया लगेमात्र पीडितले न्याय पाउँछन् । छुवाछूत अन्त्यको निम्ति पछिल्लो पटक तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ पारित भई लागू भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। ऐन आइसकेपछि छुवाछूतका घटनालाई सकेसम्म मिलापत्रमै सीमित गर्ने, प्रहरी प्रशासनले मुद्दा दर्ता गर्न आलटाल गर्ने, यदि मुद्धा दर्ता गरेपनि पीडकको पक्षमा फैसला गर्दा पनि विभेदका घटनाले प्रश्रय पाएका हुन् । विश्वले विकासको क्षेत्रमा गरेका चमत्कारबाट पाठ सिकेर विभेद होइन देशलाई कसरी समृद्ध बनाउने तर्फ समयमै सोच्न जरुरी छ ।
source:Janamanch//सम्पादकीय

No comments:

Post a Comment