रुढीवादी परम्पराका विरुद्ध महिलाहरु नै मलामी भई दाहसंस्कार

कञ्चनपुर । ०७१ पुस ८ गते
महिलाहरु शवयात्रामा जानुहुन्न भन्ने रुढीवादी मान्यता हटाउनका लागि भन्दै भीमदत्त नपा६ वनखेतस्थित महिला तथा वृद्ध सेवा केन्द्रको आश्रयमा बस्ने वृद्ध धनबहादुर सुनारको मृत्यु भएपछि उनको दाहसंस्कारका लागि ०७१ पुस ८ गते महिलाहरु शवयात्रामा गएका छन् ।

महाकाली अञ्चल अस्पतालमा मृत्यु भएका महिला तथा बृद्ध सेवा केन्द्रमा बस्दै आएका धनबहादुर सुनारको दाहसंस्कार गर्न महिलाहरुले महाकाली अञ्चल अस्पतालबाट शव यात्रा गरी शवलाई महाकाली नदीमा लगि अन्तिम दाहशंस्कार गरेका छन् ।

महिलाहरु शवयात्रामा जानु हुन्न भन्ने रुढीवादी मान्यता हटाउनका लागि हामी महिलाहरु नै मलामी भई दाहसंस्कार गरेको महिला तथा वृद्ध सेवा केन्द्रकी अध्यक्ष शारदा चन्दले बताइन् । शव यात्रामा केन्द्रमा बस्दै आएका र स्थानीय महिलाको समेत सहभागिता रहेको थियो ।

No comments:

Post a Comment