रुकुमको आठविसकोटमा रहेका भुमिहिन वादी समुदायलाई लालपुर्जा वितरण

प्रविर ददेल
११, पौष , रुकुम

जागरण मिडिया सेन्टर ।
रुकुमको आठविसकोटमा रहेका भुमिहिन वादी समुदायलाई लालपुर्जा वितरण गरिएको छ । गाविसमा रहेका १५ घर परिवार भुमिहिनवादी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
सभासद क्षेत्र विकास कोषको १० लाख, भुमिहिन १५ वादी परिवारको १०÷१० हजार र जिल्लाविकास समितिको आर्थिक सहयोगमा जग्गा खरिद गरि जिल्ला मालपोत कार्यालयमा रजिष्ट्रेशन गराइ प्रत्येक परिवारलाई लाजपुर्जा वितरण गरिएको छ ।
लालपुर्जा प्राप्त गर्नेमा जैसी वादी, कलिभानवादी, पदमवादी, तारा वादी, गंगे वादी, सर्के वादी, टिका वादी र अमृतावादी रहनुभएको छ । त्यस्तै नेप्टो वादी, वीर वहादुर वादी, आकाशवादी, विकास वादी, खम्बु वादी र विपनावादीले पनि लालपुर्जा प्राप्त गर्नुभएको छ । कार्यक्रममा प्रमुखअतिथि समानुपातिक सभासद दलजित शिर्पालीले भुमिहिनवादी परिवारलाई लालपुर्जा वितरण गर्नुभएको हो । कार्यक्रममा वोल्दै प्रमुख अतिथि सभासद शिर्पालीले भुमिहिन वादी परिवारलाई जग्गाउपलव्ध गराउँन सफल हुनु आफ्नो जिवनकै सबैभन्दा ठुलो उपलब्धि भएको बताउँनुभयो ।
चर्का भाषण गर्नुभन्दा समाजमा पछाडि परेकावर्ग, समुदाय र जातिलाई सहयोग गर्न उँहाले सवै राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । करिव ३ पुस्तादेखी भुमिको चलनगर्न नपाएका वादीहरुले जग्गा पाएको भन्दै सभासदसिर्पालीले उद्यमी तथा आयआर्जनका क्रियाकलापमा संलग्न हुन वादी परिवारलाई आग्रह गर्नुभएको छ ।

यसअघि भुमिहिनवादी परिवारहरु घरजग्गाको अभावमा नदि किनार, ओढार तथा जंगल छेउमा छाप्रो बनाएर वस्न बाध्यथिए । लामो समयदेखी सभासद, जिल्लास्थित दलित अधिकारकर्मीहरु लगाएतको प्रयासपछि भुमिहिनवादि परिवारलाई जग्गा उपलब्ध गराउने कार्य सफल भएको हो ।
लालपुर्जाप्राप्त गरेपछि बादी परिवारले खुशियाली मनाएका छन् । ढिलै भएपनि सवैको प्रयासमा आफुहरु जग्गाको मालिक बन्ने अवसर प्राप्त भएको भन्दै उनिहरुले खुशिव्यक्त गरेका हुन् । जेष्ठ नागरिक जैसी वादीको अध्यक्षतामा आठविसकोटको राडिवजारमा भएको कार्यक्रममा समानुपातिक सभासद दलजितसिर्पालीको प्रमुख आतिथ्यता र जिल्लाविकास समितिका कार्यक्रम तथा सुचना अधिकृत चिन्तामणी दाहालको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष गोपाल शर्मा अनल, नेपाली कांग्रेसका जिल्ला सदस्य गंगाराम गौतम, संयुक्त दलित अधिकार मञ्चका अध्यक्ष पुर्ण वहादुर कसेरा, एकिकृत नेकपा माओवादीका जिल्ला सदस्य रातो कामी, दलित अधिकारकर्मी, पत्रकार लगाएतको सहभागीता रहेको थियो ।
भुमिहिनवादी समुदायको घरवास व्यवस्थापन समितिका अध्यक्ष मन वहादुर वादीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन एकिकृत नेकपा माओवादी आठविसकोटका अध्यक्ष गंगाराम चनाराले गर्नुभएको थियो ।

No comments:

Post a Comment