“न्यायमा दलितको पहुँच विषयक राष्ट्रिय जन सुनुवाई कार्यक्रम” मा सहभागिताको निमन्त्रणा

समता फाउण्डेशनको तर्फबाट हार्दिक अभिवादन !
समता फाउण्डेशन विगत पाँच वर्ष देखि दलित तथा वहिष्करणमा पारिएका समुदायका वारेमा अध्ययन, अनुसन्धान गर्ने र समाजमा ब्याप्त जातीय विभेदकोअन्त्य र सामाजिक समावेशीकरणका लागि नीतिगत परिवर्तनका लागि यकालत, सामाजिक न्याय तथा मानवअधिकारको संरक्षण तथा सम्वर्धनमाक्रियाशिलरहेको सँस्था हो ।
दलितका विरुद्धमा  हुने जातीय विभेद तथा छुवाछूतलाई निराकरण गर्न तथा दलित समुदायको राजनैतिक, आर्थिक, सामाजिक र साँस्कृतिक हक अधिकारहरुलाईसुनिश्चित गर्नको लागि नेपाल सरकारले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरी नेपालको अन्तरिम संबिधान, २०६३ मार्फत  स्वतन्त्रताको अधिकार,समानताको अधिकार र जातीय भेदभाव विरुद्धको अधिकारले देशमा दलितको अधिकारलाई प्रत्याभूत गरेर जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन,२०६८ लागू भएको तीन वर्ष बितिसक्दा पनि व्यवहारिक रुपमा आजको दिन सम्म जातीय आधारमा हुने विभेद तथा छुवाछूत कायमै छ ।
यसै परिप्रेक्ष्यमा समता फाउण्डेशनले समाजका प्रतिष्ठित व्यक्तित्व, अवकाश प्राप्त न्यायाधीश, कानून व्यवशायीहरु, नागरिक निगरानी समूहका सदस्यहरु,राष्ट्रिय मानव अधिकार संस्थाहरुका  प्रतिनिधि, प्राज्ञहरु तथा प्राध्यापकहरु, दलित सामाजिक संघ संस्थाहरु, मानव अधिकारकर्मीहरु, सामाजिक कार्यकर्ताहरु,तथा पत्रकारहरुको समुस्थितिमा दलितका विरुद्धमा हुने जातीय विभेद तथा छुवाछुत र मानवअधिकार हनन्का घट्नाहरु तथा त्यस्ता घट्ना उपर हुने कानुनीकार्वाही तथा न्याय सम्पादनलाई आधार मानि “न्यायमा दलितको पहुँच विषयक राष्ट्रिय जन सुनुवाई कार्यक्रम” आयोजना गर्न गईरहेको कुरा सहर्ष जानकारीगराउन चाहन्छौं ।
यस जन सुनुवाईको प्रमुख उद्देश्य दलित मानव अधिकारका उल्लंघनका घटनाहरुका पीडितहरुको भावना, पीडा तथा न्यायमा पहुँचका लागि गर्नुपरेको संघर्षकायथार्थहरु कार्यक्रमका निर्णायक मण्डलसामु प्रस्तुत गर्ने तथा दलितहरुको न्यायमा पहुँचका लागि सबै तह तथा तप्काबाट सहयोग तथा समर्थन जुटाउनु रसम्बन्धित निकायहरुलाई दबाब दिनु हो ।
यसर्थ न्यायमा दलितको पहुँच, दलितको मानव अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि सामुहिक प्रयास तथा प्रतिबद्धताका लागि निम्न मिति, समय रस्थानमा आयोजना गरिएको सो कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । हामी यहाँको सक्रिय सहभागिता, रचनात्मक प्रतिक्रियातथा पृष्ठपोषणको अपेक्षा राख्दछौँ ।
कार्यक्रम विवरणः
मिति ः २०७१ पौष १४ गते
स्थानः अल्फा बिटा कम्प्लेक्स, नयाँ वानेश्वर, काठमाडौं
समयः विहान ०९ः०० देखि ०५.०० बजेसम्म
धन्यवाद ।
पदम सुन्दास
अध्यक्ष
समता फाउण्डेशन

No comments:

Post a Comment