एक्काइसौ“ शताब्दीमा जातीय छुवाछुत कायम रहनु मुलुकका लागि कालो धब्बा

विश्व अन्तरिक्ष युगमा पुगिसक्दा पनि नेपालमा भने अझै जातीय छुवाछुत कायमै छ भन्नुपर्दा विश्वसमुदायसामु लाजमर्दो अवस्था सिर्जना हुन्छ । जातीय भेदभाव र छुवाछुतविरुद्ध कानुन नै बने पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा दिनहु“जसो मुलुकको कुनै न कुनै स्थानमा कथित दलित समुदायका नागरिक भेदभावको सिकार भइरहेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आजभन्दा करिब आठ दशकअगाडि नै मानिस ठूलो दिलले हुन्छ जातले हु“दैन भन्ने महान् उद्गार व्यक्त भए पनि त्यसको पालना गर्न आफूलाई कथित उच्च जातका भन्नेहरूले चासो देखाएको र साहस गरेको अवस्था छैन । त्यसैले अखबारका पानामा अझै पनि कतै पानी छोइदिएको निहु“मा, कतै मन्दिर प्रवेशको विषयमा त कतै वयष्क युवायुवतीले राजीखुसी विवाह गरेको प्रसंगमा दलित समुदायले सास्ती सहनु परिरहेको छ । यस किसिमका अमानवीय घटनाविरुद्ध विभिन्न समयमा जनचेतना तथा आन्दोलन पनि हु“दै आएका छन् तर समस्या समाधान हुन सकिरहेको छैन । यसै सन्दर्भमा दलित समुदायका अगुवाले जातीय विभेद र छुवाछुतविरुद्ध सामूहिक रूपमा प्रतिकार गरिने चेतावनी दिएका छन् ।
 दलित वर्ग समन्वय समिति कञ्चनपुरले  आइतबार बेलौरीमा आयोजना गरेको जातीय विभेदको अवस्था र कानुनी व्यवस्थासम्बन्धी कार्यक्रममा विभिन्न राजनीतिक दलमा आबद्ध दलित समुदायका नेताले विभेद र छुवाछुत सबै दलितको साझा पीडा भएकाले एकजुट हुने प्रतिबद्धता जनाए । दलित संघका क्षेत्रीय सभापति धर्मसिंह मिस्त्रीले राजनीतिक आस्थाका आधारमा फरक देखिए पनि पीडा भएकाले आफूहरू जातीय विभेदविरुद्ध एक हुने बताए । वर्षौंदेखि जातीय विभेदविरुद्ध संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले दलितका लागि रोजगार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रबाट लाभ दिलाउन आवश्यक देखिएको बताए । ‘जातीय विभेद र छुवाछुतविरुद्ध आन्दोलन गरेका छौ“, अब यतिले मात्रै पुग्दैन,’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, रोजगारलगायत कुरालाई पनि ध्यान दिनु आवश्यक छ ।’ उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष विनोद नेपालीले राज्यसत्ताले वर्षौंसम्म दलितलाई वञ्चित गरेकाले नया“ संविधानमा हक अधिकार सुनिश्चितताका लागि दबाब दिनुपर्ने बताए । अहिले चुप लागेर बस्यौ“ भने नया“ संविधानमा हकअधिकार समावेश हुने छैन,’ उनले भने, ‘त्यसैले अहिल्यै सबै चनाखो हुनुपर्छ ।’ नया“ संविधानका हक अधिकार समावेश गर्न नसकिए भविष्यमा समस्या हुने उनको भनाइ थियो । बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत महेशबहादुर बमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दलित संघ बझाङका सचिव गोविन्द नेपालीले राजनीतिक दलमा दलितलाई हेर्ने दृष्टिकोण सही नभएकाले समस्या देखिएको बताए ।
 सत्ताबाहिर हु“दा दलितका कुरा गर्ने पार्टीले सत्तामा पुगेपछि वाचा बिर्सिने गरेकाले दलितमाथि न्याय हुन नसकेको बताए । बमले स्थानीय निकायको नीतिअनुसार दलित समुदायलाई सेवा–सुविधा उपलब्ध गराइने प्रतिबद्धता जनाए । सरकारी नीति–नियमअनुसार दलितलाई सेवा–सुविधामा कुनै कमजोरी नगर्ने प्रतिबद्धता पनि उनले जनाए । विभिन्न राजनीतिक पार्टीमा आबद्ध दलितका अगुवाले साझा समस्या मानेर अगाडि बढ्दा मात्रै समस्या समाधान हुने उनको भनाइ थियो । बमले सभ्य मानव समाजमा मानवबीच जातपातका आधारमा विभेद हुन विडम्बना भएको बताए । उनले मान्छेले मान्छेमाथि विभेद गरेको खबर सुन्दा आफू दुःखी हुने गरेको बताए । ‘सबै मान्छे एक हौ“ भनेको अवस्थामा विभेद छुवाछुतका कुरा सुन्दा दुःख लाग्छ,’ उनले भने, ‘यसलाई हटाउन मनबाटै सोचिनुपर्छ ।’ कथित दलित समुदाय आफ्नो अधिकारका लागि यसरी प्रस्तुत हुनुपर्ने अवस्था अहिले पनि कायम रहनु वास्तवमा विडम्बनापूर्ण स्थिति हो । नेपालमा जातीय विभेदविरुद्ध कानुन बनेदेखि कार्यान्वयन हुन सकेको भए र कथित उच्च जातिका भनिएकाहरूले नेपाल कानुनको कार्यान्वयनका साथै अलिकति मानवीयता देखाइदिएका भए छुवाछुतको अन्त्य दशकौ“ अगाडि नै हुने थियो । कथित उच्च र निम्न जातका विरुद्ध मात्र होइन, दलित–दलितबीच पनि छुवाछुत र उच–निचको भावना मुलुकमा विद्यमान रहेको छ । त्यसैले खोज्दै जाने हो भने छुवाछुतको जालो निकै ठूलो रहेको प्रमाणित हुन्छ । 
जातीय छुवाछुत कायम रह“दा केवल पीडित जातिलाई मात्र असर पर्ने होइन, यसले अन्ततः समग्र मुलुककै सामाजिक र आर्थिक विकासमा असर पारिरहेको छ । यदि जातीय छुवाछुत नहु“दो हो त नागरिक–नागरिकबीच सद्भाव कायम हुने थियो र त्यो सद्भावले सामूहिक प्रयत्नलाई अगाडि बढाउने थियो । जहा“ सामूहिक प्रयत्नले काम अगाडि बढाइन्छ, त्यहा“ विकासले अग्रगति लिने निश्चित हुन्छ । अहिले दिनहु“जसो जातीय भेदभावका घटना, त्यसबाट झडपसम्मका स्थिति उत्पन्न भएका जुन समाचार आइरहेका छन्, त्यो शक्ति देश निर्माणमा लागेको भए अवश्य पनि उपलब्धि हासिल हुने थियो । अर्कोतिर समाज पनि शान्त र सुखी हुने थियो । यसबाट देशकै इज्जत माथि उक्लने थियो । एक्काइसौ“ शताब्दीमा जातीय छुवाछुत कायम रहनु मुलुकका लागि कालो धब्बा हो । यसलाई जरैदेखि निर्मूल गर्न सबै समुदाय उठ्नुपर्छ, एकजुट हुनुपर्छ । -
 SOURCE:-commanderpost

No comments:

Post a Comment