सार्क सम्मेलन र छुवाछुत ! - सुशील बिक

यही मंसिर १० र ११ मा काठमाडौंमा हुने सार्क शिखर सम्मेलनको तयारी तिव्ररुपमा भैरहेको छ । दीर्घकालिन रुपमा रहेको फोहोर, धुवाँ, धुलो हटाएर सरकारले काठमाडौंको रुपनै नयाँ वनाउने चेस्टा गरेको छ । तर, नेपाल र नेपाली समाजलाई कुरुप र लज्जित वनाउने दलित माथि हुने गरेका हिंसा, महिला माथि हुने हिंसालाई सरकारले कसरी ढाकछोप गर्ला ?
विभिन्न तयारी मध्ये सार्क सम्मेलनवाट पारित गरिने घोषणापत्रको मस्यौदा पनि तयार भई छलफलको क्रममा छ । सार्कमा कस्ता कस्ता मुद्धामा छलफल गर्ने र सहमति गर्ने भन्ने विषयमा सरकार तथा अन्य सरोकारवाला निकायहरुले वहस तथा छलफल गर्दै आएका छन् ।

“हामीले दक्षिण एशियालाई साँच्चिकै समृद्ध वनाउने हो भने यस क्षेत्रमा रहेका छुवाछुत जस्ता असमानता तथा विभेदहरुको अन्त्य गर्न जरुरी हुन्छ कि हुँदैन ?”

सार्कमा गरिवी, कृषि तथा ग्रामिण विकास, स्वास्थ्य तथा जनसंख्या, वातावरण तथा वन, विज्ञान, प्रविधि, मानविय विकास, जलस्रोत, आतंकवाद, महिला, वालवालिका तथा युवाका सवाल, व्यापार जस्ता विषयमा प्रत्येक शिखर सम्मेलनमा छलफल हुने गरे पनि सामाजिक समस्यासँग जोडिने विषयमा भने कमै मात्र छलफल हुने गरेको छ ।

तपाईहरुको सल्लाह, सुझाव र सहयोगको अपेक्षा साथ साथै यस ब्लक alldalit.blogspot.com र  सामाजिक संजाल फेसबुकमा www.facebook.com/DalitSolidaritynepal पेजलाई सक्दो सेयर र लाईक गरि सहयोग गर्दिनु हुन्छ भने अपेक्छा गरेको छु ।
सार्क क्षेत्रकै साझा समस्याका रुपमा रहेको जातीय विभेद तथा छुवाछुतको मुद्धाले कहिल्यै पनि सार्क शिखर सम्मेलनमा प्रवेश पाएन । हामीले दक्षिण एशियालाई साँच्चिकै समृद्ध वनाउने हो भने यस क्षेत्रमा रहेका छुवाछुत जस्ता असमानता तथा विभेदहरुको अन्त्य गर्न जरुरी हुन्छ कि हुँदैन ?
जातीय विभेद तथा छुवाछुत यस क्षेत्रको साझा सवाल भएको हुँदा अन्य मुद्धा सरह यसलाई पनि सार्कका सदस्य राष्टहरुले गम्भीरता पूर्वक लिन जरुरी छ । यस्ता शिखर सम्मेलन तथा अन्य वहुपक्षिय तथा द्धिपक्षिय छलफलहरुमा छुवाछुतको मुद्धालाई प्रवेश गराई यसलाई पूर्ण रुपमा निर्मुल गर्न पहल गर्न जरुरी छ । आशा गरौ अहिलेको शिखर सम्मेलनले यो विषयमा पक्कै कुनै पहल गर्ने छ ।
यसका लागि दलित अधिकारको क्षेत्रमा काम गर्नेहरुको पनि प्रयाप्त ध्यान पुग्न सकेको देखिदैन । ढिलै भए पनि पहल गर्ने कि ?
(लेखक नेपाल दलित मनाव धिकार संगठनका अध्यक्ष तथा दलित गैर सरकारी संस्था महासंघका सचिब हुनुहुन्छ )

No comments:

Post a Comment