हिंसाको शिकार बनेका ५०.६ प्रतिशत दलित महिला प्रहरीसम्म पुग्दैनन्

ललितपुर, १७ । दलित भएकै कारण प्रत्यक्ष रुपमा हिंसाको शिकार बनेका  ५०.६ प्रतिशत महिलाले प्रहरीमा उजुरी नगरेको एक अध्ययनले देखाएको छ ।    दलित भएकै कारण ९४.२ प्रतिशत महिला हिंसाको शिकार भएतापनि जम्मा ४.४ प्रतिशतले मात्र प्रहरीमा उजुरी गर्ने गरेको सो अध्ययनले देखाएको छ ।    

दलित अध्ययन तथा विकास केन्द्रले गरेको  सो अध्ययनमा १ हजार पाँचसय १३ जना दलित महिला समेटिएको थियो ।    अध्ययनअनुसार बोक्सीको आरोपमा ३०.३ प्रतिशत, काम गर्ने ठाँउमा ४५.५ प्रतिशत, शारिरीक र मानसिक हिंसा भोग्नेमा १२.५ प्रतिशत र दलित महिला भएको कारण हिंसा भोग्नेमा ३०.३ प्रतिशत छन्  ।  अध्ययन प्रतिवेदनले दलित महिला न्यायको पहुँचबाट धेरै टाढा रहेको देखाएको छ । 
SOURCE:-सञ्चारिका अनलाइन

No comments:

Post a Comment