दलितको सिपलाई बैधानिक र व्यवसायिक बनाउन सम्बन्धित निकायमा पहल गर्ने निर्णय

विनोद परियार
११, पुष रुपन्देही,
जागरण मिडिया सेन्टर,

दलित समुदायले पराम्परागत रुपमा गर्दै आएको सिपलाई बैधानिक र व्यवसायिक बनाउन सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ । विभिन्न पेशा र व्यवसायमा आबद्ध दलित सम्बद्ध संघसंस्थाका प्रतिनिधि र राजनितिक दलित अगुवाहरुविच मंगलबार बुटवलमा बसेको बैठकले दलितका परम्परागत सिपलाई सिटिइभिटिद्धारा मान्यता प्रदान गर्न जनचेतना जगाउनुका साथै दलितका सिपहरुको बारेमा कोर्स बनाउन पहल गर्ने निर्णय गरिएको हो । 
जागरण मिडिया सेन्टर साझा पहल परियोजना बुटवलको आयोजनामा बुटवलमा बसेको बैठकलले जुत्ता सिलाउने, सुनचाँदीका गहना बनाउने जस्ता सिपहरुको छुट्टै कोर्स नबनेको र सिटिइभिटिबाट प्रमाणपत्र लिन जादा पनि सैद्धातिक ज्ञानको कमीले दलित शिल्पकर्मीले प्रमाणपत्र नपाउने समस्या भएकाले यसको लागि सम्बन्धित कार्यालयसँग छलफल गर्नुपर्ने आवश्यकता ठानिएको छ । बैठकमा राष्ट्रिय दलित मुक्ति मोर्चाका पदम बहादुर विश्वकर्मा, मुक्ति समाजका पूर्व अध्यक्ष नन्दबहादुर खड्काथोकी,बर्तमान अध्यक्ष जुद्ध बहादुर विक, सुनचाँदी व्यवसायी जोगलाल विश्वकर्मा,दीपक विक, रेवन्त विश्वकर्मा, दलित अगुवा एचवी रम्तेल, हरि बोमरेल,सिलाई व्यवसायी सुर्वण परियार, पत्रकार सञ्जय विश्वकर्मा,विनोद परियार लगायतले बोल्दै आगामि दिनमा दलित उद्यमीहरुको सञ्जाल गठन गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । कार्यक्रम इन्द्र विश्वकर्माको अध्यक्षता तथा सिता विकेको सञ्चालनमा भएको थियो ।

No comments:

Post a Comment