दलित शब्द नेपाली सब्दकोश बाटनै हटाइयोस

डा.गोपाल पौड्याल ‘मण्डने’
भाषा साहित्यमा कुनै पनि शब्दको चयन गर्दा जसरि सचेत हुनु जरुरिछ त्यसरी नै सामाजिक सद्भावना बलियो बनाउनका लागि पनि उत्तिकै सचेत रहनु आबस्यकता हुन्छ/ सैधान्तिक रुपमा शब्दको विभिन्न अर्थ लाग्छन तर अहिलेका दलित भनिनेहरुको हकमा पहिला सुद्र भनिन्थियो, पछि अछुत भनियो र अहिले दलित भनेर भनिन्छ /पहिले त कुनै सामन्ती सरकारले भन्यो रे ल एकछिनलाई मानौ तर आज तिनै समुदायेका मान्छे हरु आफुलाई दलित हौ भनेर विभिन्न देश हरुबाट डलर भित्रयाउदै आफ्नै जातिहरुको उन्नति हुन बाट रोक्नेहरु नै आज जातभातको कुरा गर्दैछन राज्यले संविधानमै स्पस्ट रुपमा जातिबाद खत्तम गरेको छ र पनि हामीलाई दलित जात भनेर हेला गरे भन्दै मागेर खान पल्केकाहरु देखि सजक हुनु परेकोछ । हामी २१ औ शताब्दीमा छौ तर १५ औ शताब्दीको अवस्था परिकल्पना गरेर सधैभरि अछुत, दलित र शुद्र नै भैरहने हो भने जातिय भेदभावबाट चाही मुक्ति कसरी पाइन्छ ? त्यहि अवस्थामा रहने हो भने मुक्त्ति किन चाहियो ? हाम्रो समाज परिबर्तन गर्नकालागी खोइ जातीयताको कुरा गर्नेले रुपन्तरंको ,बिकाशको ,र राष्ट्रिय अभिवृद्धि अनि शिक्षा र स्यस्थ्यको बारेमा बोलेको ?
 
अरुले जे भने पनि अहिलेका दलित भनिनेहरुलाइ यो कुराको  चासो हुने थिएन होला एदी त्यहाँ कुनै डलर आम्दानि नहुने भए  तर यदि कसैले डलर कमाउनकै लागि आफ्नो समुदायलाई  जन्मेकै भरमा अनाहकमा सुद्र, अछुत र दलित बनाएर सामाजिक भेदभावलाई निरन्तरता दिई रहने प्रयत्न गर्छ भने हामी भुक्तभोगी हरुलाई सैह्य हुदैन / संविधानले बराबरी हक अधिकार दिदा दिदै पनि त्यसरी दलित बनाउन पाइदैन भन्ने कुराको अधिकार हरेक नेपालीलाई हुनुपर्छ । म डलर भक्षकहरुलाई चुनौती दिन चाहन्छु, ल पुष्टी गर्नुहोस यो यो कारणले  गरिबहरु  दलित हो भनेर होइन भने ति  बिचरा  गरिबहरुलाई दलित र गैर दलितको बिभाजन स्वीकार्य छैन । तर यस्तो यक्ष प्रश्नबाट तर्किदै जबर्जस्ति दलित बनाउदै बिचरा  गरिबहरुलाई लाई  आफ्नै समुदायका सदस्यले आफ्नै  समुदायको विरोधीको रुपमा चित्रित गर्दा त्योकुरा  कसरी स्वीकार्य हुन्छ ?
हामी इतिहासमा हज्जारौ बर्षदेखि लादिएको जातिय भेदभावलाई समाजबाट हटाउने चाहना राख्छौ भने हामी आफै चाहिं अछुत, दलित र शुद्र शब्द प्रति यति विध्न आशक्ति किन राख्छौ जसले हाम्रो पहिचानलाई नै मेटाउदै गएको छ ? अब हामीले पनि किन आफुलाई समयअनुसार सम्मानित गर्दै बराबरीको लागि गरिबी हटाउने तर्फ नसोच्ने र त्यस्ता समाजमा हेय पैदा गर्ने शब्दहरुको पछी लाग्ने ? शब्दको प्रयोगसंगै परिमार्जित नहुने ? आखिर हाम्रो लडाई आत्मसम्मान र सामाजिक समानताको लागि होइन र ? एदी हो भने आफै अपमानित भएर सम्मान कसरी पाइन्छ ?  सधैभरि अछुत, दलित र शुद्र नै भैरहने हो भने जातिय भेदभावबाट मुक्ति कहिल्यै पाइन्न त्यसैले बरु यो दलित भन्ने शब्द नै नेपाली शब्दकोश बाट हटाउने कोसिस गर्दा कसो होला?

No comments:

Post a Comment