जुत्ता सिलाउने पेशा संकटमा -मिना बुढाथोकी

कात्तिक १६ सल्यान-छालाको जुत्ता सिलाएर आप्mनो छाक टार्ने पेशा अंगाल्दै आएका सार्की जातिको पेशा यतिखेर संकटमा पर्दै गएको छ । पछिल्लो समयमा दक्ष कालीगढ हरुको कमी भएको  र हातले सिलाएका जुत्ताले त्यती राम्रो मुल्य नपाए पछि आप्mनो पेशानै लोप हुने खतरामा रहेको सल्यानको सदरमुकाममा छाला जुत्ता पसल संचालन गर्दै आएका शेर बहादुर नेपालीको भनाई छ ।
सल्यानको सदरमुकाममा बिगत २१ वर्ष देखी छाला जुत्ता पसल संचालन गर्दै आएका शेर बहादुर नेपाली
२०४७ सालदेखी सदर मुकामकाम खलंगामा छाला जुत्ता पसल संचालन गर्दै आएका नेपालीले जुत्ताको व्यापार पहिला देखी अहिले घटेको बताउनु भयो ।

अहिले बाहिर बाट आएका सुन्दर देखिने तर सस्तो र कम टिकाउ जुत्ता किन्ने हरुको संख्या बढ्न थालेको  छ । आफुले बनाको जुत्ता बजारको अन्य जुत्ता भन्दा देखाईमा अलि कम आक्रशक तर मुल्य भने अन्य जुत्ता भन्दा अलि महगो भएको कारण ग्राहक हरु घट्दै गएको बताउनु भयो ।
आफुले बनाको जुत्ता बजारको जुत्ता भन्दा थोरै महगो भएपनि धेरै समय सम्म टिकाउ हुने उहाको विश्वास छ । जुत्ता सिलाएर नै मासिक १० देखी १२ हजार सम्म कमाउने नेपालीले भन्नु भयो राम्रो तरीकाले र नया ढंगका जुत्ता सिलाउन सके बर्षमा १ लाख सम्म पनि कमाउन सकिन्छ ।
त्यसैले  जिल्लामा जुत्ता सम्बन्धी दक्ष कालीगढ उत्पादन गर्न सकेमा  यस पेशाबाट राम्रो आम्दानी गर्न सकिने र बाहिर बाट जिल्लामा ल्याईने जुत्तामा पनि कमी आउने उहाले थप्नु भयो ।
दक्ष कालिगढ भए आफैपनि आकर्षक र आधुनिक जुत्ता उत्पादन गर्न सकिन्छ अनि त बाहिर बाट ल्याको जुत्ता कस्ले पो किन्छ ,जिल्लामा यदि जुत्ता बनाउने कालीगढ तालीम आहवान गर्न सक्ने हो भने हामी मात्र नभई बेरोजगार बसेका अन्य जातिका युवाहरुले पनि अवसर पाउने थिए नेपाली भन्नुहुन्छ ।
अहिले सदरमुकाममा जम्मा ३ वटा मात्र छाला जुत्ता पसल संचालनमा छन् ।

No comments:

Post a Comment