दलित बस्तिहरुमा बिभिन्न संस्था तथा व्यक्तिहरुबाट कपडा वितरण

रौतहट, पुस १३ - शितलहरबाट प्रभावित दलित बस्तिहरुमा बिभिन्न संस्था तथा व्यक्तिहरुले न्यानोका लागी कपडा वितरण गर्न थालेका छन् । तराईमा एक सातादेखि चलेको शितलहरले जनजीवन प्रभावित बनेको छ ।
चन्द्रनिगाहपुर घरभई काठमाडौंमा बसोवास गर्दै आएकी पबित्रा अधिकारीले शनिबार २ सय थान कम्वल बेतौना, बस्तिपुर, बनझुला, सन्तपुरका गरिब बस्ती र जनता सामुदायिक अस्पतालमा रहेका विपन्नलाई वितरण गरेकी छन् । उनले आफ्ना आफन्तहरु बन्दना बस्नेत, रुपेन्द्र केसी, जानुकाबस्नेतसहितको सहयोगमा उक्त कार्यक्रम गरेकी हुन् । शितलहरले गरिव बस्तिका मानिस प्रभावित भए पछि कम्बल बितरण गरेको उनले जनाइन् ।
ती बस्तिमा दलित तथा बिपन्नको सँख्या बढी छ ।  
त्यस्तै शेयर नेपाल संस्थाले सुरु गरेको न्यानो संसार अभियान अन्तर्गत जिल्ल्ााको संग्रामपुर, लक्ष्मिपुर, बिर्ता गाबिसमा गरिव तथा दलित बस्तिहरुमा न्यायोको कपडा तथा कम्वल वितरण गरेको छ ।
न्यानो संसार अभियानका अभियान्ता म्याक्स खत्रीले गएको बर्ष देखि नै तराइको बिभिन्न जिल्लाहरुमा जाडोबाट पीडित बृद्धबृद्धा तथा विपन्न परिवारका सदस्यहरुलाइ कम्वल बितरण गर्दै आएको जनाए ।
यसबर्ष १० हजार भन्दा बढी कम्वल बितरण गरीने खत्रीले जनाए ।
प्रतिष्ठानले उपलव्ध गराएको जाडोमा लगाउने कपडा चन्द्रनिगाहपुरका रिक्सा चालक केदार तिमल्सेनाले चन्द्रनिगाहपुर, सन्तपुर, चेतनगर लगाएतको गरिव बस्तिहरुमा वितरण गर्दै आएका छन । तिमल्सेनाले शितलहर पिडितलाई ४ हजार भन्दा बढी न्यायो कपडा वितरण गरीसकेको जनाए ।
शितलहरबाट बढी प्रभावित स्थानीयलाई १ हजार थान कम्वल वितरण गर्न नेपाल रेडक्रससँग समन्वय गरेको तथा चौक बजारमा आगो बाल्न बन कार्यालय सँग दाउरा माग गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए ।
लगातारको शितलहरबाट दलित बस्तिका मानिसहरु प्रभावित बनेका छन् । चौक बजारमा मानिसको आवागमन पातलिएको छ । बिद्यालयको पठन पाठन समेत अबरुद्ध बनेको शिक्षक रत्न अधिकारीले जनाए ।
चिसो बढेपछि जिल्लाभरीका बिद्यालयहरु बन्द गर्न लागेको शिक्षकहरु बताउँछन् ।

No comments:

Post a Comment