दलित एकता संजाल कुवेतको सांगीतिक कार्यक्रम स्थगित

राज मल्ल ठकुरी 
२२ नोभेम्बर कुवेत 
दलित एकता संजाल नेपाल, कुवेतले आफ्नो स्थापनाको प्रथम बर्षपार गरी दोश्रो बर्ष पुगेको अवसरमा आफ्नो प्रथम बार्शीक उत्सव आगामी डिसेम्बर १२ तारिखमा नेपालका राष्ट्रिय चर्चित कलाकारहरु यस कुमार, मुना थापा मगर र प्रेम कुमार गैरेलाई ल्याएर गर्ने भनेको बृहत् सांस्कृतिक कार्यक्रम समीतीको हीजो मीती २१/११/२०१४ दीन बसेको विशेष बैठकले गरेको नीणय अनुसार आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम स्थगित भएको घोषणा गरेको छ। 

स्थापना भए देखी नै सामाजिक कार्यमा अग्रसर भएर बीभीन्न समस्याबाट पीडीत भएकाहरुलाइ आर्थीक सहयोग गर्दै आएको यस सन्जालले आयोजना गर्ने भनेको आफ्नो प्रथम बार्शीक उस्सव तथा भब्य सांस्कृतिक कार्यक्रम बीभीन्न आन्तरीक कारणबस स्थगित गर्नु परेको कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।साथै हाल सम्म प्रचार प्रसारमा सहयोग पुर्याउने अतिथी कलाकार , कुवेतमा कार्यरत सम्पूर्ण सघ संस्था समाजसेवी, बुद्धिजीवी, पत्रकार, तथा नेपाली दाजु भाइ तथा दीदीबहीनीहरुमा  धन्यबाद दीदै यस नीणयबाट पर्न गएको असहजता प्रती  क्षेमा याचना समेत गरेको छ । 
साभार: परदेशी खबर

No comments:

Post a Comment