संविधानमा दलितको हक स्थापित गर्न सङ्घर्ष समिति

गजुरी (धादिङ), ६ पुस । नयाँ संविधानमा दलित समुदायका विषय सुनिश्चित गर्ने उद्देश्यले शनिबार यहाँ जिल्लास्तरीय संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति गठन गरिएको छ । 
 
यही माघ ८ मा जारी हुने भनिएको संविधानसभामा दलितको अधिकारलाई सुनिश्चित गर्न र दलितका विषयका लागि थप अधिकार संविधानमा लिपिबद्ध गर्र्र्न दबाब दिने उद्देश्यले नेपाली काँग्रेस निकट दलित सङ्घका अध्यक्ष राजन बराइलीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेको हो ।
 
 दलितमैत्री संविधान जारी गर्नका लागि आन्दोलन गर्ने र दलितको कार्यसूची नसमेटिएको संविधान अस्वीकार गर्ने निर्णय भएको समितिका सदस्य हरि विश्वकर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment