घरबाट निकालिएकी महिलाद्वारा पतिविरुद्ध मुद्दा दर्ता

सप्तरी । ०७१ मङ्सिर २८ गते
मानराजा गाविस-३ घर भई नकटी रायपुर गाविस-३ स्थित माइत विस्थापित १९ वर्षीया लखीया कुमारी सदाले घरनिकाला गर्ने पति २२ वर्षीय दिलीप कुमार सदाविरुद्ध ०७१ मङ्सिर २८ गते जिल्ला अदालतमा अंश माग गर्दै सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी छन् ।

विवाह दर्ता र नागरिकता बनाई दिन भन्दा ससुराको प्रभावमा परी आरोपितले कुटपिट गरी खानलाउन नदिई घरनिकाला गरेकोले मुद्दा दिनुपरेको पीडितले बताइन् । आरोपितले असार ५ गते कुटपिट गरी घरनिकालापछि पीडित माइत बसेकी थिइन् । माइतीपक्षले सम्झाइ बुझाइ गरी कात्तिक २१ गते घर पठाउँदा आरोपितले पुनः कुटपिट गरी घर प्रवेश गर्न नदिएकाले बाध्य भइ मुद्दा दर्ता गरेको पीडितले बताइन् । सामाजिक परम्पराअनुसार पीडित र आरोपितबीच ०७० वैशाख १५ गते विवाह भएको थियो । घरनिकाला पछि पीडित पुनः नकटी रायपुर गाविस-३ स्थित माइत बस्दै आएकी छन् ।

No comments:

Post a Comment