बाघको आक्रमणबाट तीन वर्षका सुशान्त नेपालीको मृत्यु

२७ मंसिर, अर्घाखाँची । अर्खाखाँचीमा बाघको आक्रमणबाट एक बालकको ज्यान गएको छ । शुक्रबार साँझ सन्धिखर्क नगरपापालीका -१० किमडाँडामा बाघको आक्रमणबाट तीन वर्षका सुशान्त नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ ।

घरकै आगनमा खेल्दै गरेका नेपाली हराएपछि खोज्दै जाँदा घरभन्दा करिब तीन सय मिटर पर जंगलमा बाघको आक्रमणबाट मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीकै ठाडा घर भएका नेपाली किमडाँडामा रहेको मामा घरमा आएका बेला बाघले आक्रमण गरेको हो ।

No comments:

Post a Comment