काजकिरिया गरेर माया मारिसकेका वावुराम घर फर्किएपछि

सल्यान असोज ५ । भारतको केदारनाथ गौरीकुण्डबाट वेपत्ता भएका सल्यानको भल्चौरका एक व्यक्ती ४ महिना पछि जिवितै घर फर्केका छन् । सल्यान जिल्लाको भल्चौर १ का वावुराम विक घरमा काजकिरिया भएको ४ महिनापछि जिवितै घर फर्किएका छन् । काजकिरिया गरेर माया मारिसकेका वावुराम घर फर्किएपछि घर परिवार र छिमेकीहरुले उनलाई वाजागाजा सहित घरमा लगेका थिए । काजकिरिया गरिसकेको हुदा आज गाउलेले स्थानीय शिब मन्दिरमा बि.क. र उनकी श्रीमती नोखी बि.क.को दोश्रो बिबाह समेत गराइदिएका छन । 
असारदेखि रातो कपडा, सिन्दुर, चुरा, पोते लाउन छाडेकी बि.क.ले आजदेखि फेरी रातो लुगा लगाएकी छिन् । काजकिरीया गरिसेकको मानिस घरमा फर्केपछि पुरै गाउमा उल्लास छाएको छ । “मरिसके होलान भनेर उनको काजकारिया समेत गरेका थियौ तर एक्कासी घर फर्केपछि खुसि मात्र हैन चकित परेका थियौ” बिककी श्रीमती नोखीले भनिन–मायान मारिसकेको ब्यक्ति घर फर्केर आउलान भनेर हामीले सोचेकै थिएनौ । विकले आफुलाई भारतिय सेनाको हेलिकप्टरले उद्धार गरेको बताए । 
पहिले त केहि थाहा पाइन उनले भने होसमा आएपछि नजिकैको कर्णपारक अस्पताल भएको थाहा पाए । उपचारका क्रममा झन्डै दुई महिना भन्दा बढिे र त्यहाबाट डिस्चार्ज गरेपछि छ दिनको यात्रा पछि आफु घर फर्किएको विकले बताए । सल्यान जिल्लाबाट मात्रै गएको असारमा भारतको गौरीकुण्डमा ७३ जना वेपत्ता भएका थिए , जस मध्ये ४२ जनाको परिवारले केहि खवर नपाएपछि काजकिरीया गरिसकेका छन् ।

No comments:

Post a Comment