अन्तरजातीय विवाह गरेकी महिलाद्वारा नाता कायम मुद्दा दर्ता


सप्तरी । ०७१ मङ्सिर १८ गते - शम्भुनाथ नपा-७ भंगहा की २१ वर्षीया सुजीता कुमारी विश्वकर्माले पति २१ वर्षीय शिवकुमार सरदारविरुद्ध मंसिर १६ गते जिल्ला अदालतमा नाताकायम गरी पाउँ भनी मुद्दा दर्ता गरेकी छन् ।

पीडित र आरोपितले शम्भुनाथ मन्दिरमा प्रेमविवाह गरी घर जाँदा ससुरा ५२ वर्षीय सत्यनारायण सरदारले अन्तरजातीय विवाह इन्कार गर्दै घरमा पस्न नदिएको पीडितले बताइन् ।

घरमा बस्न नदिएपछि डेरामा बस्दै आएकी पीडित डेढ महिनाकी गर्भवती भएपछि ०७१ मंसिर १ गते घर भित्र्याउन पतिलाई आग्रह गर्दा नमानी पत्नी समेत अस्विकार्ने धम्की दिएकाले न्यायका लागि मुद्दा दिएको बताइन् । सासू-ससुराको प्रभावमा परी आरोपितको व्यवहार परिवर्तन हुँदै गएको पीडितले बताइन् ।

No comments:

Post a Comment