आफ्नै शिशुको हत्या गरेको आरोपमा यामकुमारी विक पक्राउ


आफ्नै शिशुको हत्या गरेको आरोपमा प्रहरीले बागलुङ खुंखानी–५ की यामकुमारी विकलाई पक्राउ गरेको छ । परपुरुषसंगको सम्बन्धबाट जन्मेको एक साता नपुग्दै शिशुको हत्या गरेको आरोपमा उनलाई आइतबार पक्रिएको हो ।

विकका पति निरबहादुर विक वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको अवस्थामा उनले परपुरुषसँग अनैतिक शारिरिक सम्बन्ध राखेको कारण शिशु जन्मिएको स्वीकार गरेकी छिन् ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक शैलेन्द्र खड्काले शिशुको हत्या गरेर जंगलमा गाडेको शव फेला परेपछि उनलाई पक्राउ गरेको बताएका छन् ।


विकले खुंखानी–६का जितबहादुर विकसँगको शारीरिक सम्बन्धका कारण बच्चा जन्मिएको बताएकी छिन् । नागरिक दैनिकमा समाचार छ ।
source:-ehamrosansar

No comments:

Post a Comment