वादी महिलाको चौथो राष्ट्रिय सम्मेलन सुरु

तुलसीपुर- वादी महिलाको चौथो राष्ट्रिय सम्मेलन दाङको घोराहीमा सुरु भएको छ। वादी महिलाको हक हितका पक्षमा सरकारद्वारा यसअघि गरिएका सहमति, निर्णय, घोषणा सिफारिसको कार्यान्वयनका अवस्थाका विषयमा गहन छलफल गर्ने उद्देश्यले सम्मेलन सुरु भएको हो। राष्ट्रिय वादी महिला अधिकार सङ्घर्ष समिति र दलित महिला एकता केन्द्र दाङको आयोजनामा भएको सम्मेलनमा १५ भन्दा बढी जिल्लाबाट २०० वादी महिला सहभागी भएका छन्।
उद्घा्टन कार्यक्रममा आज बोल्ने वादी महिलाले राज्यले आफूहरूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै दुःख व्यक्त गरेका थिए।वादी समुदायको अधिकार र विकासका विषयमा भएका प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा राज्यले दिने सेवा सुविधाबाट आफूहरु वञ्चित हुनुपरेको भन्दै ती महिलाले गुनासो गरेका छन्।
राष्ट्रिय वादी महिला अधिकार सङ्घर्ष समितिका अध्यक्ष जहरा वादीले सिमान्तकृत समुदायका हक अधिकारलाई अब बन्ने संविधानमा उल्लेख गर्न माग गरे।उनले राज्यबाटै विभेद्माग परेको भन्दै वादीलाई हेर्ने दृष्टिकोणमा सामाजिक सुधार हुन नसकेको गुनासो गरे। कार्यक्रममा सभासद् अनिता देवकोटाले वादी समुदाय र सरकारबीच भएका सहमतिलाई कार्यान्वयन गर्न आफूले पहल थाल्ने प्रतिबद्धता जनाए।कार्यक्रममा वादी महिलाले अहिले पनि आफूहरुको आत्मसम्मानमा चोट पुग्ने शब्दहरु प्रयोग हुने गरेको भन्दै दुःख व्यक्त गरेका थिए। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले वादी समुदायको अधिकार स्थापितमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। सम्मेलन उद्घाटनअघि वादी महिलाले घोराही बजारमा र्या लीसमेत निकालेका थिए।भोलिसम्म चल्ने सम्मेलनले दाङ घोषणापत्र जारी गर्ने बताइएको छ। रासस 

No comments:

Post a Comment