झुटो आरोप लगाएर सामाजिक बहिष्कार गर्ने आरोपितहरुलाई कारबाहीको माग

खोटाङ । ०७१ मङ्सिर २७ गते
बाँझेच्यानडाँडा गाविस-२ घर भइ सरस्वती उच्च माध्यमिक विद्यालय दिक्तेलमा कक्षा ११ मा अध्ययनरत छात्रा १८ वर्षीया मनिस्का ढकालले आफूलाई दलितसँग विवाह गरेको भन्ने झुटो आरोप लगाएर सामाजिक बहिष्कार गर्ने आरोपितहरुलाई कारबाहीको माग गर्दै मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएकी छिन् ।

च्यानडाँडा गाविस-२ का २२ वर्षीय राजन ढकाल२१ वर्षीय नरबहादुर भुजेल३० वर्षीया लक्ष्मी कुमारी भुजेल५५ वर्षीय रुद्रकुमार भुजेल५० वर्षीय तेजबहादुर विक र ३५ वर्षीय तेजबहादुर बस्नेतले आफू अध्ययनको सिलसिलामा सदरमुकाम दिक्तेल आएको मौका पारी झुटो आरोप लगाउँदै मङ्सिर ८ गतेदेखि सामाजबाट निस्कासन गरेको पीडितले बताइन् ।

पीडितले कामी जातको केटासँग विवाह गरेको भन्दै बाबु खड्गप्रसाद ढकाललाईसमेत आरोपितहरुले सामाजिकरूपमा बहिष्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । आफू अध्ययनको सिलसिलामा सदरमुकाम दिक्तेलमा डेरा गरी बस्ने गरेको र आफूले विवाह नगरे पनि गाउँलेले झुटो आरोप लगाएर सामाजिक रूपमा बहिष्कार गरेको पीडितको भनाइ छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी विनोदराज खरेलले आरोपितहरुलाई कारबाही गरिने बताए ।

No comments:

Post a Comment