दलित बालवालिकाको लागि दिदै आएको छात्रवृत्ति रकम प्रभावाकारी हुन नसकेको आरोप

११ पुस,
जागरण मिडिया सेन्टर, काठमाडौँ ।
सरकारले दलित बालवालिकाको लागि दिदै आएको छात्रवृत्ति रकम प्रभावाकारी हुन नसकेको दलित संघसंस्थाहरुले जनाएको छ । बिद्यालयमा दलित बालवालिकाको पहुच विस्तार गर्न भनि छात्रवृत्ति वितरण गरेपनि छात्रवृत्ति रकम अत्यन्त न्यून हुदा प्रभावकारी हुन नसकेको उनीहरुको भनाई छ ।
आधारभूत तह कक्षा १ देखि ८ सम्मका दलित बालवालिकालाई सरकारले वार्षिक चारसय रुपिँया र माध्यामिक तहका दलित बालवालिकालाई पाँचसय रुपिँया छात्रवृत्ति दिदै आएको छ । तर उक्त छात्रवृत्तिको प्रभावकारिता दलित बिद्यार्थी र समुदायमा पर्न नसकेको राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकेले बताउनुभयो । छात्रवृत्ति रकम अत्यन्त अपुग रहेकोले यसको प्रभावकारिता नभएको उहाँको भनाई छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्धारा बुधवार आयोजित सरकारी छात्रवृत्ति कार्यक्रमहरुको कार्यान्वयन बिषयक अन्तक्र्रियामा भएका व्यवस्थाहरु पनि कार्यान्वयन हुन नसकेको गुनासो गरिएको छ । शिक्षा विभागका उपनिर्देशक दुर्गा कंडेलले छात्रवृत्ति कार्यक्रमको प्रभावकारिताको लागि शिक्षा विभाग लगायतका निकायहरुको अनुगमन संयन्त्र निर्माण गर्नपर्नुे बताउनुभयो । शिक्षक सेवा आयोगको नियमावलीले शिक्षक प्रतियोगिताको कुल आरक्षित पद संख्याको ९ प्रतिशत पद दलितका लागि आरक्षण गरिएको उहाँको भनाई छ ।
अध्यक्ष विकेले वितरण प्रणालीको पारदर्शिता र प्रभावकारिताको बारेमा पनि दलित समुदायले चासो राख्न जरुरी रहेको बताउनुभयो । त्यसका साथै बिद्यालयमै छुवाछूत बिरोधी अभियान सञ्चालनको खाँचो रहेको उहाँको भनाई छ । संघका अध्यक्ष भक्त बिश्वकर्माले शिक्षालाई परिवर्तनको माध्यम बनाउन नीतिगत रुपमा शिक्षा ऐनको व्यवस्था गरि छात्रवृत्तिमा व्यापक सुधार ल्याउन जरुरी रहेको दावी गर्नुभयो ।

No comments:

Post a Comment