अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवश भब्यरुपमा मनाइयो - राजेन्द्र ताम्राकार


काठमाडौंचैत÷  चैत५० औं अन्तर्राष्ट्रिय जातीय विभेद एवम् रङ्गभेद विरुद्धको दिवश विभिन्न कार्यक्रम गरि भव्यरुपमा मनाइएको 
काठमाडौंको भद्रकालीबाट बाजागाजासहित सुरु भएको जुलुस भद्रकालीशहीदगेटन्यूरोडरत्नपार्क हुँदै प्रदर्शनीमार्गस्थित नेपाल पुलिसक्लबका पुगी सभामा परिणत भएको थियो  
राष्ट्रिय दलित आयोग  विभिन्न दलित गैरसरकारी संघसंस्थाको संयुक्त आयोजनामा मनाइएको मार्च २१ को यस वर्षको नारा ‘जातीयछुवाछुत तथा भेदभाव विरुद्ध लडौंविगतबाट पाठ सिकौं’ भन्ने रहेको थियो  
२१ मार्च सन् १९६० मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा तत्कालीन सरकारले रङ्गभेद नीतिको विरुद्धमा उत्रिएका कालाजातीकामानिसलाई दमन गर्दा ६९ जनाको मृत्यु भएको थियो  
त्यहि घटनाको स्मरण गर्दै संयुक्त राष्ट्रसंघले उक्त दिनलाई १९६७ देखि अन्तर्राष्ट्रिय जाती तथा रङ्गभेद उन्मूलन दिवसका रुपमामनाउने घोषणा गरेको थियो  
 जनवरी १९६९ मा पारित भएको जातीय विभेद उन्मूलन महासन्धिलाई नेपालले पनि अनुमोदन गरेको   
दिवसको अवसरमा राजधानी लगायत देशका विभिन्न ठाउँंमा भएका कार्यक्रममार्फत छुुवाछूत विरुद्ध जनचेतनामूलक कार्यक्रम तथाबनेका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको   
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डामीनेन्द्र रिजालले जातीय विभेद अन्त्यको परिवर्तनको आन्दोलनमा सबै एकजुट भएरलाग्नुपर्नेमा जोड दिनुभएको   
उहाँले सरकारले छुवाछूत अन्त्यका लागि सरकारले सन्देश तथा सूचना प्रवाह गर्नुका साथै छुवाछूत विरुद्धको ऐनलाई प्रचारप्रसार गर्नकासरकारी सञ्चारमाध्यमाबाट व्यवस्था मिलाइएको बताउनुभयो  
कार्यक्रममा दलित महिला संघकी महासचिव कला स्वर्णकारले विश्वमा जातिभेद उन्मुलन घोषणा भएको दिन २१ मार्चकोसान्दर्भिकतालाई घरघरमा पु¥याउनका लागि सरकारनागरिक समाजसञ्चारमाध्यम लगायतले आफ्नो स्थानबाट महत्वपूर्णभूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो  
राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले छुवाछूत अन्त्यका लागि राज्यले नीति निर्र्माण  बजेटमा विशेष कार्यक्रमकोव्यवस्था गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो  
दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष गजाधर सुनारले अन्तर्राष्ट्रिय जाति तथा रङ्गभेद उन्मुलन दिवसलाई सरकारलेऔपचारिक कार्यक्रम गरी मनाउनुपर्ने  जनचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो  
दलित अधिकारकर्मी पदम सुन्दासले २००७ सालदेखि परिवर्तनका पक्षमा भएका विभिन्न चरणका आन्दोलनमा दलित समुदायलेआहुति दिएपनि सबैजसो राजनीतिक दलले दलितलाई सपनामात्र बाँडेको भन्दै अब दलित मुक्तिका लागि सम्पूर्ण दलित एकजुट भएरलाग्नुको विकल्प नभएको उहाँले बताउनुभयो 

No comments:

Post a Comment