दुबै मृगौला फेल बिकको जीवन रक्षाको लागी सहयोग संकलन अभियान

अनिश गैरे, वामी गुल्मी चैत १५ ।
दुबै मृगौला फेल भएर शिक्षण अस्पतालमा उपचारार्थ गुल्मी अर्लाङ्कोट ४ निबासी केयरसिहँ बिककी छोरी अम्बिका खड्का बिकको जीवन रक्षाको लागी गठित समतिले सहयोग संकलन अभियानलाई तिब्रता दिएको छ । उहाँको जीवन रक्षाको लागी नरेशराज खरेलेका अध्यक्षतामा गठित १७ सदस्यीय आर्थिक ब्यबस्थापन समितिले शनिबार मात्रै १० हजार रुपैया संकलन गरेको छ । समितिका अध्यक्ष नरेश खरेल तथा बिश्वनाथ सापकोटाको समुहले सोही रकम संकलन गरेको हो ।
उहाँको स्वास्थ्य उपचारको लागी बिभिन्न देशहरुमा रहेका नेपालीहरुद्धारा अहिलेसम्म झण्डै ७ लाख १० हजार भन्दा बढि रकम समेत सँकलन भएको समितिका अध्यक्ष नरेशराज खरेलले जानकारी दिनुभयो । तर उहाँको उपचारको लागी झण्डै २० लाख रकम आबश्यक पर्ने बताईएको छ । साथै उहाँले बिकको जीवन रक्षाको लागी आफ्नो सानो सहयोग पनि ठुलो हुने भन्दै अर्थिक सहयोगको लागी सम्पुर्णलाई आग्रह समेत गर्नुभएको छ ।तपाईहरु पनि सहयोग गर्न चाहानुहुन्छ भने समितिका अध्यक्ष नरेशराज खरेलको सम्पर्क नम्बर ९७४७०२७२१५ मा सम्पर्क गर्न सक्नुहनेछ ।

No comments:

Post a Comment