सुकुम्वासी दलित परिवारको घर गोठ दुबै जलेर नष्ट भए पछि चौरको वास

प्रेम सुनार,गुल्मी चैत्र १३।
गुल्मीको ह्वाङ्गदी गाविसका एक सुकुम्वासी दलित परिवारको घर गोठ दुबै जलेर नष्ट भए पछि उनिहरु विहिवार देखि सार्वजानिक चौरमा वस्न बाध्य भएका छन् । विहिवार विहान करिव साढे ९ वजेको समयमा साना वाल-वालिकाहरुको लावपार्हीबाट सल्केको आगोले पुरै घर र गोठ समेत जलेर नष्ट हुँदा ह्वाङ्गदी गाविस वडा नम्वर ८, महाभिर निवासी जितबहादुर परियारका परिवारजन खुल्ला चौरमा बस्न बाध्य भएका हुन् ।
उनि सुकुम्वासी हुन् सम्पत्तीका नाममा सानो एउटा खरको झुपडी र गोठ थियो त्यही पनि जलेर नष्ट भयो’– स्थानिय समाज सेवी हरि अर्यालले भने – त्यो परिवार चौरमा बस्न बाध्य छन र खाने खर्च नभएर गाउँवासी संग मानो मुठी उठाउन थालेका छौं । ’ उनका अनुसार परियारको घरमा रहेको सम्पुर्ण कपडा –लत्ता, अन्न–पात र नागरिकता लगायतका सवै कागज पत्र समेत जलेर नष्ट भएका छन् । मानिव क्षति हुन बाट जोगाउन सके पनि अरु केहि जोगाउन नसकीएको अर्यालले बताए । घटना स्थलबाट पटक पटक सिमलटारीमा रहेको प्रहरी चौकीलाई खवर गर्दा पनि अहिले सम्म मुचुल्का उठाउन प्रहरी नआएको प्रति स्थानियवासीले गुनासो गरेका छन् । परियारका चार छोरी, एक छोरा र श्रीमति सहित ७ जनाको परिवार यति वेला विचल्लीमा परेर सवै संग सहयोगको हात फैलाएका छन् ।
सधै अर्कैको घरमा निमेक मजदुरी गरेर जिविका चलाउँदै आएका जितबहादुरलाई यति वेला सरकारी निकाय र अन्य सामाजिक संघ सस्था एवं व्यक्तिहरुले समेत आफु सक्के सहयोग गरेर उद्धार गर्नु पर्ने कुरामा स्थानियवासीले जोड दिएका छन् । शरिरका कपडा वाहेक ओढ्ने ओछ्याउने कुनै कपडाहरु नहुँदा उनिहरु रातमा कसैको गोठमा वसेर रात कटाउने गरेका छन् । पिडित परिवारलाई देश विदेशबाट सहयोग गर्न चाहनु हुने महानुवाहरुले स्थानिय समाज सेवी हरि अर्यालको मोवाईल नम्वर ९८६७१९०६३४ मा सम्पर्क राख्न सक्नु हुने छ ।

No comments:

Post a Comment