दलितको घरमा बाजा बजाएको भन्दै कुटपिट

रुपन्देही । ०७१ चैत १० गते
खडवा बनगाई गाविस-पडेरहवाको एक दलित परिवारमाथि कथित तल्लो जातको भन्दै दुर्व्यवहार र कुटपिट भएको छ । पडेरहवा टोलका वंशलाल हरिजनको घरमा विवाहको सर्न्दर्भलाई लिएर गाउँका केही स्थानीय युवाहरुले तल्लो जात भएको भन्दै कुटपिट गरेको पीडितले बताएका छन् ।

गत फागुन २८ गते वंशलाल हरिजनकी नातिनी प्रमिला हरिजनको विवाहमा बाजा बजाउँदा दलितको घरमा बाजा बजाएको भन्दै केही जन्तीसहित माइती पक्षका केहीलाई कुटपिट गरेको पडितले बताए ।
पीडित हरिजन परिवारले चैत ९ गते इलाका प्रहरी कार्यालयरन्यौरामा आफूहरूमाथि जातका आधारमा कुटपिट भएको भन्दै निवेदन दिएका छन् । पीडितको उजुरीका आधारमा स्थानीय ४ युवालाई नियन्त्रणमा लिइएको छ ।
स्थानीय ३० वर्षीय राजेश लोध२८ वर्षीय मल्लु लोध३१ वर्षीय दुधराज लोध र ३२ वर्षीय नागेन्द्र लोधलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक सिलवालले बताए । आरोपितले गल्ती स्वीकार गर्दै आगामी दिनमा त्यस्तो नगर्ने बताएका थिए । पीडित हरिजन र आरोपितबीच छलफल गराइएको प्रहरीले बताएको छ ।पीडित  वंशलाल हरिजनले गाउँमा आफ्नो परिवारमाथि विभिन्न समयमा तल्लो जातको भन्दै गाउँलेले विभेद गर्ने गरेको गुनासो गरेका छन् । जातीय विभेद तथा छुवाछूत गर्नेलाई कानुन अनुसार ३ महिनादेखि ३ वर्षसम्म जेल  तथा २५ सयदेखि २५ हजारसम्म क्षतिपूर्ति हुने कानुनी व्यवस्था छ  

No comments:

Post a Comment