दलितमाथिको विभेद दक्षिण एशिया र हिन्दूहरुको लज्जाको विषय -

लेखक :- बिष्णु सिंह बैजु 
नेपाललाई सतिको श्राप लागेको देश भनिन्छ । तर नेपालमा जती पनि अन्या, अत्याचारमा परी मर्ने गर्द्छ्न् ति सबैले मर्नु अगाडी नेपाललाई श्राप दिएरै प्राण त्याग गर्द्छ्न । सत्य चिन्ने मानिसको हृदयमा भगवान बास गर्द्छ । तर नेपालका शासक, प्रशासक्, नेता, राजनेता पुरेत,पंडित संबिधान निर्माता,राजा, महाराजाहरुले भगवानको अनुपम सृष्टिलाई बेवास्ता र अवहेलना गर्दै बिकृती र बिसंगतिपुर्ण समाजमा परिणत गरिदिएकोले संपुर्ण देश र जनतालाई भगवानको श्राप पर्न गर्एको छ । त्यसैले पानीको भंडार भएको देशमा पानी पिउन नपाएर मानिस मरिरेहका छ्न । अन्नको भंडार भनिएको देशमा भुखमरिको कारण आमाले आफ्नो बच्चालाई मारी आफुले आत्महत्या गरेको कती समाचार पढन पाइन्छ ।
  
चरम गरीबिको कारण खाने कुराको अभाव र लगाउने कपडाको पनि अभावले तराइका बालबालिकाहरु शितलहरबाट मरिरहेको बिबिसिका कार्यक्रमले प्रसार गरिरहेका छ्न । बिद्युत शक्तिको प्रचुर भंडार भनिएको देशमा सधै अध्यारोमा बस्न नेपाली जनता बाध्य छ्न । आफ्नो देशमा सधारण मजदुरी नपाएर नेपालीहरु संसार भरी ज्यानको प्रवाह नगरि मज्दुरी गर्न पुगेका छ्न ।
  
देशमा जताततै अन्या, अत्याचार्, भ्रष्टाचार ब्याप्त छ । कसैले(क्सैलाई वास्ता गर्दैन । कसैले कसैलाई मन पनि पराउदैन । बहुसंख्यक मानिसहरु आफ्नो ज्यान कसरी बचाउने भन्ने चिन्तामा डुब्ने गरेको देखिन्छ । यस्तो स्थिती भनेको भगवानको श्राप परेरै हुने गर्द्छ । प्रकृतिले संसारका सबै मुलुकलाई सबै क्षेत्रमा शवल्, सक्षम् र संपुर्ण कुराले सुसम्पन्न गराइदिएको छैन। हरेक मुलुकले आफुलाई सुसम्पन्न गराउने जिम्मेवारी आफ्नै नागरिकको कांधमा सुम्पेको हुन्छ । यसका लागी त्यहाँका बसिन्दामा परिवर्तनको संस्कार, स्ंस्कृति, बिवेकशिलता र दुरदर्शिता आवस्यक पर्द्छ ।
  
सुसम्पन्नता प्राप्त गर्न भगवानको एउटै बर्दान पर्याप्त हुन्छ । उदाहरणको लागी अरब मुलुकाहरुलाई लिन सकिन्छ । तीनको गर्भमा तेलको भन्डार भरिकिदिएकोले त्यसैको आधारमा तीनका बिकास भएको छ जहाँ आज लाखौ नेपालीहरु मजदुरी गर्न पुगेका छ्न । बालुवाले भरिएको ति मुलुकमा कसले सोचेको थियो होला तीनको बिकास होला भन्ने । तर तीनले भगवानको बर्दानलाई सदुपयोग गर्दै आफ्ना मुलुकको बिभिन्न क्षेत्रमा बिकास गरेका छ्न ।
  
भगवानले हरेक मानिसलाई अल्ग बुद्धि, बिवेक्, ज्ञान्, शिपले सुसज्जित गरी सृष्टी गरिदिएका छ्न । त्यसैले ६ अरब मानिसको हस्त रेखा अल्ग्(अल्ग हुन्छ्न । एका(अर्का संग फरक हुन्छ्न । यद्यपी एउटै सृष्टिकर्ताको सृजना भएकोले त्यो पहिचानलाई कायम राख्न रगत सबैको रातो नै हुन्छ । यो प्राकृतिक दैवी कटु यथार्थतालाई कसैले बदल्न सक्दैन । तर भगवानको सृष्टिलाई नबुझिकन त्यसलाई अवहेलना र अपमानित गर्दा भगवानबाट पाएको बर्दानबाट पनि बंचित हुन पग्द्छ ।
  
उदाहरणको लागी नेपाललाई लिन सकिन्छ । नेपाल जस्तो बिबिधता र सुन्दरताले भरिपुर्ण देश संसारमा कमै पाइन्छ । यहाँ अनेकन जिवनोपयोगी प्राकृतिक बस्तुहरुको भन्डारले सुसज्जित भएको छ । तर त्यसको आधारमा आफ्नो उन्नती प्रगती गर्न सकिरहेको छैन । यो सबै श्रापको प्रतिफल्र हो । सत्य चिन्ने मानिसको हृदयमा भगवान बास गर्द्छ । जसको हृदयमा भगवान बास गर्द्छ त्यही हृदयले मानव प्रेम र कल्याणको बारे सोच्ने गर्द्छ ।

भगवानको आशिर्वादले नेपालका लेखक, गितकार्, कवियत्री, साहित्यकारहरुमा सद्बुद्धी प्राप्त छ । तसर्थ उनिहरुको दिमाग र कलमले सधै नै देश र समाजको चिन्तन मनन गरी बिद्यमान बिकृती र बिस्ंगतीलाई हटाइ कमजोर बर्गको उत्थान तथा समग्र मानव कल्याण र बिकासको लागी शसक्त आवाज उठाएको देखिन्छ । नेपालका कुनै पनि परिवर्तनमा यो समुदायको कलमले निकै महत्वपुर्ण भूमिका निर्वाह गरेको इतिहासको अध्ययनबाट जानकारी पाउन सक्द्छौ ।
  
यसै तथ्य र पृष्ठभुमिमा लेखक शेखर ढुंगेलले करीब तीन बर्षको समय लगाएर् बिभिन्न राष्ट्रीय, अन्तराष्ट्रीय लेख, पुस्तक, पत्रपत्रीका, घटनाक्रम, अध्ययन, अनुसन्धान गर्दै यो परिवर्तनका लागि बिवेकशिलताू नामक ३२ वटा बिभिन्न शिर्षकका लेखहरुका माध्यमबाट बिकृति र बिसंगतिपुर्ण नेपाली अवस्थालाई संबोधन गर्न नागरिक आचार संहिताका ५ मन्त्रहरु शुत्रपात गर्नु भएको छ ।


ति हुन्  १ जातिय बिभेद जस्ता मानवता बिरुद्धका बिभेद गर्ने अधिकार कसैलाई छैन् २ हाम्रो अस्तित्व जोगाउन एकता बलियो पार्न जरुरी छ । यसको लागी समान मुल्य र मान्यतालाई ब्यवा हार मा कार्यान्वयन गर्न बिभेद अनत्य गर्नु जरुरी । ३ आफ्नो योग्यता, क्षमता, दक्षता, इच्छा, प्रतिबध्धता र समयको परिधी भित्र रहेर मात्र पद्, पैसा, वा उपलब्धी खोजौ, योग्यको भाग नखोसौ । ४ आफु अरु कसैको दुखको कारण नबनौ । सकिन्छ भने निस्वार्थ भावनाले सहयोग गर्न तत्पर हौ । ५ सबैले सबैलाई अभिवादन गरौ । श्रम र श्रमिकको सम्मान गरौ ।
  
कामनै पुजा हो सबैले सबै काम गर्न हुन्छ र आजै बाट गर्न शुरु गरौ । ‘मानिसले मानिसमाथि गर्ने सबै विभेदभन्दा निकृष्ट विभेद दलितहरुमाथिको विभेद नै हो । दक्षिण एशिया र हिन्दूहरुको बीचमा मात्रै २१औं शताब्दीसम्म पनि दलितमाथिको विभेद कायम रहनुजस्तो लज्जाको विषय केही पनि हुँदैन ।’दलितमाथि हुने विभेदको अन्त्यका लागि उनीहरुलाई विशेषाधिकार दिनु उपयुक्त हुन्छ ।
  
वर्गीय उत्पीडनको विविध रुपहरुमध्ये दलितमाथि हुने उत्पीडन एउटा प्रमुख रुप भएकोले दलित मुक्ति नभएसम्म वर्गीय मुक्ति सम्भव हुँदैन । अहिले नया संबिधान बनाउने , नया नेपाल बनाउने निकै प्रतिबध्धता सुनिन्छ । तर त्यसका लागी आधार खडा गर्ने बारे सोचिएको छैन । बिना जग कसरी घर निर्माण हुन्छ र । बिना सोच र संस्कार केहि हुनेवाला छैन ।

 तसर्थ यस पुस्तकलाई बिशेस गरीर नेपालका नेता, प्रशासक्, कार्यापालिका, ब्यवस्थापिका, न्यायपालिकाले अध्ययन गरी देशलाई परिवर्तनको दिशामा अग्रसर गराउन सके नया नेपाल बनाउने प्रतिबध्धता साकार हुनसक्छ। साथै नेपालको उन्नती प्रगती चाह्ने प्रत्यक चेतन्शिल नेपाली समुदायले आफ्नो देशलाई, बिशेष गरी निती निर्मातालाई आधुनिक नेपाल निर्माण गर्न दवाब दिन यो पुस्तकको अध्ययनले सह्योग पुर्याउनेछ भन्ने बिस्वास गरिएको छ ।

साभार # dcnepal

No comments:

Post a Comment