११ वर्ष पुगिसकेकी आरती सुनार सम्भवत विश्वकै सबैभन्दा होची महिला

स्याङजा, फाल्गुन २४ । पर्वत जिल्लाको भोर्ले गाविस वाड नं ३ की आरती सुनार ११ वर्ष पुगिसकेकी छन् । तर, उचाई २६ इन्च मात्र छ भने तौल ५ किलो मात्र रहेको छ । आरती सम्भवत  नेपालकै होचि महिला भएको उनकी आमाले दावी गरेकी छन् । वाग्लुङका खगेन्द्र र दाङका चन्द्रवहादुर डांगीले सबैभन्दा होचो व्यक्तिको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा दर्ता भइसके पनि आरती सुनारका आमा बाबुलाई छोरीको लागि कसैले पहल नगरिदिंदा दुःख मानेका छन् । 

२०६१ साल फागुन १५ गते जन्मिएकी आरती जन्मदा ५ सय ग्राम तौल रहेको थियो । जन्मदा केही कमजोर भएपनि स्वास्थ्य स्थिती भने राम्रो थियो । चिकित्सकहरुले गर्भमै वच्चाको वृद्धि विकास नभएको भनेपनि जन्मिएपछि उनको शारिरिक वृद्धि हुनसक्ने भनेका थिए तर, उनको ११ वर्ष उमेर पुग्दा पनि वृद्धि नभएका कारण उनको परिवारमा चिन्ता छाएको छ ।

सामान्य झाडा पखला लागेपछि छिमेकी जिल्लाको वालिङमा उपचारको लागि ल्याउने क्रममा वालिङ स्थित मल्ल फार्मेसीले पत्रकारलाई खवर गरेपछि उनको वारेमा थाहा हुन पुगेको हो । दक्षिणी पर्वत जिल्लाको भोर्ले गाविस निवासी आरतीलाई उनकी आमा गोविन्द कुमारी सुनारले उपचार गराउन वालिङ ल्याएकी थिइन ।

आरतीकी आमा सामान्य लेखपढ हुन भने वावु भारतिय सैनिकका रुपमा रोजगारीका लागि भारत स्थित नागालैण्डमा कार्यरत छन् । सामान्य परिवार भएकै कारण आरतीको प्रगती हुन नसकेको उनकी आमाले वताइन । होचै भएपनि नेपालमै नाम कमाउने धेरै छन तर आरतीको वारेमा कसैले पहल गरेनन उनले दुःखेसो पोखिन र्। विश्वमै होचा भएका नेपालका दुइवटै पुरुष हुन तर महिलामा हाम्री छोरी हुन सक्छ’ गोविन्द कुमारीले संचारकर्मीलाई भनिन ।
ग्रामिण परिवेश त्यसमाथी सामान्य परिवार भएका कारण घरायसी काम नगरी खान नपुग्ने सुनार परिवारलाई यतिवेला आरतीको स्याहार सुसारमै दिन वित्ने गरेको छ । दुई छोरा र एक छोरी रहेको उनीहरुको दुईवटा छोरा भने सामान्य छन् । उनीहरु विद्यालयमा अध्यायनरत छन् । आरतीलाई पनि उनकी आमाले विद्यालय ल्याउने लाने गरेका छन् ।
गाँउमा मानिसहरुले पूर्व जन्मको पाप भएका कारण आफूलाई होच्याएकोमा साह्रै दुःख लाग्ने गरेको आरतीकी आमा गोन्दिकुमारीले वताइन । सरकारले छोरीको वारेमा केही हेरिदिए राम्रो हुने उनले वताइन । घरमा सबै आफूले मात्र हेर्नुपर्दा आरतीको स्याहार सुसार राम्रो संग गर्न नसकेको वताउदै गोविन्द कुमारीले सरकारले यस्ता नेपालकै होचा मानिसका लागि केही गरिदिए हुन्थ्यो । सामान्य पढलेख मात्र भएकोले कहाँ गएर राहत पाईन्छ भन्ने समेत थाहा नपाएकी आरतीकी आमाले विश्वकै होचि महिलाको रुपमा छोरीको रेकर्ड राख्ने ठूलो धोका रहेको वताइन ।
आरतीको स्वास्थ्य स्थिती अत्यान्तै राम्रो रहेको उनको तौल ५ किलोग्राम र उचाई २६ इन्च रहेको मल्ल फार्मेसीका सन्चालक सुरेन्द्र मल्लले वताए । उनी केही दिनदेखि सामान्य पखला लागेका कारण उपचारका लागि ल्याएकोले चिकित्सकले उनको स्वास्थ्य जाँच गराएर सामान्य औषधी दिएको उनले जानकारी दिए

- video source:-imagekhabar

No comments:

Post a Comment