नौमती बाजा लोप हुने अवस्था देखेपछि छन्त्याल युवाहरु संरक्षणमा

परम्परागत रुपमा दर्जि समुदायले बजाउँदै आएको नौमती बाजा लोप हुँदै गएपछि जिल्लाको भकिम्ली गाविसका छन्त्याल युवाहरु त्यसको संरक्षणमा जुटेका छन् ।दर्जि समुदायका बृद्धहरुले मात्र नौमती बाजा बजाउँदै आएको तर युवाहरुले यसतर्फ ध्यान नदिँदा लोप हुने अवस्था देखेपछि छन्त्याल युवाहरु यसको संरक्षणमा लागेका हुन् ।  पछिल्लो समयमा आधुनिक संगीतका नाममा नेपाली लोकबाजा र मौलिकता संकटमा पर्न थालेको भन्दै उनीहरु संरक्षणमा जुट्न थालेका हुन । बाजा संरक्षणका लागि उनीहरुले छन्त्याल नौमति बाजा समुह नै गठन गरेका छन । गाउँ घरमा हुने विवाह, ब्रतबन्धदेखि लिएर अन्य स्वागत सत्कारका कार्यक्रमहरुमा समेत नौमति बाजाको माग हुने गरेको भएतापनि दर्जी समुदायले नौमति बाजालाई संरक्षण गर्न नसक्दा बाजा लोप हुँदै गएको स्थानीय युवा मेघनाथ सुवेदी बताउँनुहुन्छ ।
गाउँघरमा हुने विवाह,व्रतबन्ध लगायतका कार्यक्रमहरुमा अहिले छन्त्याल बाजा समुहले बाजा बजाउने गरेको स्थानीय युवा सुबेदी बताउनुभयो । छन्त्याल युवाहरुको यो कार्य संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान भएको उहाँले बताउँनुभयो । विवाहका लागि अनिवार्य बाजाको रुपमा रहेको नौमति बाजा अहिले खोजेर पनि नपाइने अवस्था सिर्जना भएपछि आफूहरुले यसको संरक्षणमा जुटेको नौमति बाजा समुहका अध्यक्ष डम्बर बहादुर छन्त्यालले बताउनुभयो । उहाँको नेतृत्वमा नौमति बाजा समुह गठन गरी गाउँमा पर्ने विवाह, नौमति बाजा गाउँघरको पहिचान भएकाले यसको संरक्षणमा जुटेको युवा अम्बर छन्त्यालले बताउनुभयो ।
अहिले गाउँका युवाहरु संस्कृति संरक्षण्मा लागेका छन् उहाँले भन्नुभयो ,‘यो हाम्रो पहिचान जोगाउनु हामी सवैको कर्तव्य हो ।’ नेपालको परम्परागत संगीतलाई सुगम संगीतको आगमनले केही ओझेलमा पारेकाले परम्परागत नौमति बाजा संरक्षणका लागि सरकारले ध्यान दिनुपर्नेमा उनीहरुले बताएका छन् । नौमती बाजा बजाउने थप जनशक्ति उत्पादन गर्न उनीहरुले समय–समयमा तालिमको समेत आयोजना गर्दै आएका छन् । नौमती बाजामा नरसिंहा, दमाहा, सहनाई, ट्याम्को, ढोलक, झ्याम्टा गरी नौ वटा बाजा समावेश गरिएका हुन्छन् ।
  साभार्#myagdikali

No comments:

Post a Comment