तैले छोएको पानी हामीलाई चल्दैन, होटल भित्र नआईज भन्दै कुटपिट

जुम्ला । ०७१ चैत १२ गते
चन्दननाथ नपा -१५ की ३० वर्षीया काली कामीले जातीय विभेद गरेको आरोपमा चन्दननाथ नपा -६ का होटल व्यावसायी ३६ वर्षीया रामछाया रोकायाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा चैत १२ गते उजुरी दिएकी छन् ।
चैत ११ गते बिनाकारण दलित भनेर होच्याएकोतैले छोएको पानी हामीलाई चल्दैनहोटल भित्र नआईज भन्दै कपाल लुछेर कुटपिट गरेर र्सार्वजनिक स्थलमा बेइज्जती गरेको पीडितले उजुरीमा उल्लेख गरेकी छन् ।

घटनाका आरोपितलाई गिरफ्तार गर्न प्रहरी खटाइएको र आवश्यक अनुसन्धान गरी कारबाही गर्ने प्रहरी इन्स्पेक्टर प्रेमबहादुर खड्काले बताए ।यसैगरीगज्याङकोट गाविस -६ का ३५ वर्षीय पदम भण्डारीलाई २८ वर्षीया पत्नी अष्ट भण्डारीलाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जुम्लाले चैत १२ गते गिरफ्तार गरेको छ ।

आरोपित भण्डारीले चैत १२ गते पीडित पत्नीको आँखालगायत शरीरका विभिन्न अङ्गमा नीलडाम हुने गरी कुटपिट गरेपछि आवश्यक कारबाहीका लागि प्रहरीमा उजुरी दिएको पीडित महिलाले बताइन् ।आरोपित भण्डारीले दोस्रो पत्नीलाई मात्र माया गर्ने तर आफू र आफ्ना तीनजना छोराछोरीलाई वेवास्था गर्ने गरेको पीडित भण्डारीले निवेदनमा उल्लेख गरेकी छन् ।

आरोपितलाई गिरफ्तार गरिएकाले आवस्यक अनुसन्धान गरी घरेलु हिंसासम्बन्धी ऐनअन्तरगत मुद्दा प्रक्रिया अगाडि बढाउने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर खड्काले बताए ।

No comments:

Post a Comment