डुंगेश्वरस्थित वादी समुदायलाई राहतस्वरूप कपडा वितरण

दैलेख,चैत ८।
दुल्लु नगरपालिका–१ तल्लो डुंगेश्वरस्थित वादी समुदायलाई राहतस्वरूप कपडा वितरण गरिएको छ । काठमाडौंस्थित न्यानो संसार अभियानले शनिबार २८ घरपरिवार वादीलाई ओढ्ने कम्बल, लत्ताकपडा वितरण गरेको हो ।
गत वर्ष कर्णाली नदीमा आएको बाढीबाट पीडित वादी समुदायको कपडा अभावले दैनिकी कष्टकर बन्दै आएको थियो । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, डीएसपी माधवप्रसाद श्रेष्ठ, न्यानो संसार अभियानकी धर्मिन्द्रा शाहलगायतले वादी परिवारलाई लत्ताकपडा, कम्बल वितरण गरेका हुन् ।÷रास

No comments:

Post a Comment