राम बहादुर कौशलको स्थायी घर पाल्पा दोभानको लामा चौपारीमा पर्छ । उनको मुख्य पेसा सिलाई कटाई नै हो । उनले यो पेसाबाट जीवन निर्वाह गर्न थालेको पनि चार दशक टेक्दैछ । उमेरले भने राम बहादुर कौशल ५३ वर्ष पुगे ।
राम बहादुर आफू कक्षा तीन पढ्दै गर्दा आफ्नी जेठी आमाको दुई रुपैयाँ सुटुक्क लिएर भारतको दिल्ली पुगे । जम्मा दुई रुपैयाँले उनी कसरी दिल्ली पुगे होलान् सुन्दा पनि अचम्म लाग्छ ।
दोभान गाविसकै पासकुण्डा भन्ने गाउँमा बस्ने भट्टराई थरका(राम बहादुरले नाम सम्झन सकेनन्) एकजना ब्यक्तिसंग उनी दिल्ली पुगेका हुन् । भट्टराईले आफ्ना छोराहरुलाई दिल्ली भेट्न जान थाल्दा राम बहादुर पनि उनीसंगै पछि लागेर उतै गएका हुन् ।
उतिबेला गोरखपुरबाट दिल्लीको रेल भाडा ३५ रुपैयाँ आइसी थियो भन्छन् राम बहादुर । उनी सानो भएकै कारण भट्टराईले काखमै राखेर निःशुल्क दिल्ली पुराएको राम बहादुरले बताए । दिल्ली पुग्दा उनको उमेरले ११ टेक्दै थियो । उनले दिल्लीमा करिव चार महिना होटेलमा भाँडा माँझ्ने काम गरे । त्यतिबेलाको उनको खाइलाई तलब १० रुपैयाँ भारु थियो । जाडो महिनामा भाँडा माँझ्दा हातहरु कुहिएका थिए । त्यतिबेला भने उनलाई घरको र आमाबाबाको याद झलझली आइ रहन्थ्यो ।
दिल्लीमा त्यतिबेला आँटाको मूल्य प्रति किलो ४० पैसा र चामल प्रति किलो ६० पैसा रहेको उनले सम्झिंदै भने । राम बहादुरले चार महिनापछि होटेलको काम छाडेर सिलाई कटाई सिक्न थाले । सिक्दै आफ्नो जीवन निर्वाह गर्न उनलाई झन्ै मुस्किल प¥यो । घर फर्किनका लागि उनीसंग भाडा समेत थिएन । परदेशमा उनलाई आर्थिक सहयोग गर्ने कोही थिएनन् । घरमा खबर पठाउने माध्यम पनि केही भएनन् र कोही पनि थिएनन् ।
दिल्लीमा बसेको सात वर्षपछि राम बहादुरलाई उनका बाबाले खोज्दै लिन त्यहीं पुगे छन् । सात वर्षमा उनको हातमा पैसा त रहेन मात्र सिलाई कटाईको सीप रह्यो ।
भीम बहादुर कौशलका माइला छोरा राम बहादुरका दुई छोरा र तिन छोरीहरु छन् । सिलाई कटाईबाट प्राप्त पैसोले घर ब्यवहार चलाएका छन् । कान्छी छोरी बाहेक सबै छोराछोरीको विहे समेत गरि दिएका छन् । राम बहादुरकी कान्छी छोरी समिताले अहिले ब्यवस्थापनमा स्नातक गर्दैछिन् । २१ वर्षको उमेरमा अमृतासंग विहे गरेका राम बहादुरले यही पेसालाई पुख्र्याैली पेसाका रुपमा समेत धान्दै आएका छन् ।
राम बहादुरको दोभानमा थोरै सुकुम्बासी जग्गा र एउटा कच्ची घर छ । सम्पत्तिको नाममा उनीसंगै अरु केही छैन । उनले कसैसंग सम्पत्तिका लागि हारगुहार पनि गरेका छैनन् ।
उनी भन्छन्–सिलाई कटाइ गर्ने सीप नै मेरो सम्पत्ति हो । मेरा सन्तान पनि सम्पत्ति हुन्–उनी त्यसो भन्दै थिए ।
अचेल सुर्ति बाहेक अरु कुनै बस्तुको अम्मल छैन राम बहादुरको । स्वस्थ छन् ,तन्दुरुस्त छन् । दिनरात आफ्नै सिलाई कटाई पसलमा भेटिन्छन् । काममा जाँगरिला छन् । लुगा सिलाई कटाई गर्ने नयाँ नयाँ कला÷कौशल समेत छ उनको ।
गाउँमै बसेका छन् । परिवारको सहयोगमा सिलाई कटाई पेसालाई अगि बढाएका छन् । गाउँलेहरुलाई सक्दो सेवा दिएका छन् । पहिला पहिला बालीघरे चलन रहे पनि अचेल त्यो चलन हराएर गएको उनले सुनाए ।
जीवनमा अरुलाई सक्दो सेवा दिन सक्नु नै आफ्नो ब्यवसायिक खुसी रहेको राम बहादुर बताउँछन् ।
राम बहादुरले पहिला पहिला पञ्चेबाजा बजाउँथे । अचेल यो बाजाको चलन हराउन थालेकोमा भने राम बहादुर चिन्तित छन् । उनी भन्छन्–यो बाजाले नेपाली लोक संस्कृतिलाई जोगाई राख्न सक्छ । सबै मिलेर नेपाली लोक संस्कृतिलाई जोगाई राख्न कम्मर कस्नु पर्छ ।
सकुञ्जेल सिलाई कटाई पेसालाई निरन्तरता दिने सोंच राखेका राम बहादुरको एउटै गुनासो छ–यो पेसालाई ब्यवस्थित गर्न र इज्जेतिलो गराउन गाहे प¥यो ।
No comments:
Post a Comment