पाल्पाका सुरजबहादुर सुनारलाई मलेसियामा मृत्युदण्डको सजाए

२५ फागुन, मलेसिया : मलेसियामा दुई नेपालीलाई मृत्युदण्डको सजाए सुनाइएको छ । बासुन्चेत–१ नुवाकोटका हरिबहादुर घले र पाल्पाका सुरजबहादुर सुनारलाई यहाँका छुट्टाछुट्टै आदालतले मृत्युदण्डको फैसला सुनाएका हुन् ।
घलेलाई सन् २००९ को नोभेम्बर २६ मा यहाँको आइकोर्टले लाूुपदार्थ हेरोइन ओसारपसार गरेको अभियोगमा मृत्युदण्डको फैसला गरेको थियो ।उक्त फैसलाविरुद्ध यहाँको नेपाली दूतावास पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । तर यहाँको सर्वोच्च अदालतले २०१२ को २५ सेप्टेम्बरमा अन्तिम फैसला गर्दै घलेलेलाई मृत्यु दण्ड दिने निर्णय सुनाएको थियो ।
घलेलाई बचाउने सबै कानुनी बाटो बन्द भएपछि नेपालका राष्ट्रपति डा. रामवरण यादवले यहाँका राजालाई घलेलाई मृत्युदण्ड नदिन पत्राचार गरेका छन् ।तर यहाँका राजाले यसबारे हालसम्म अन्तिम निर्णय नलिएको नेपाली दूतावासकी प्रथम सचिव  दु्रपता सापकोटाले जानकारी दिइन् । त्यस्तै पाल्पाका सुरजलाई एक विदेशी महलिाको हत्या अभियोगमा यहाँको उच्च अदालतले मृत्युदण्डको सजाए सुनाएको छ ।
सुरजका विषयमा भने एकीन विवरण आइनसकेकाले थप विवरण आएपछि पुनरावेदनका लागि प्रक्रिया अघि बढाइने सापकोटाले जानकारी दिइन् । मृत्युदण्डको फैसला सुनाइएका उनीहरु दुबैजना मलेसियाको काजाङ जेलमा छन् ।

No comments:

Post a Comment