खानेपानीमा दलित महिलाको पहुँचका लागि सरकारले सहयोग गर्नुपर्ने -राजेन्द्र ताम्राकार


काठमाडौं÷चैत ८, खानेपानी र सरसफाईमा दलित महिलाको सहज पहुँचका लागि सरकारले विशेष नीति तथा कार्यक्र लागु गर्नुपर्नेमा जोड दिइएको छ ।
विश्व खानेपानी दिवसको सन्दर्भमा ‘खानेपानी र सरसफाईका अधिकारलाई संवैधानिक अधिकारका रुपमा सुनिश्चित गरौँ’ भन्ने मूलनाराका साथ दलित महिला संघले आयोजना गरेको अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा खानेपानी तथा सरसफाइका क्षेत्रमा क्रियाशील विभिन्न व्यक्ति तथा संघसंस्थाका प्रतिनिधीले पानीको महत्व, यसको उपयोग र स्वस्थ खानेपानीमा दलित महिलाको सहज पहुँचका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
दलित महिला संघको आयोजना तथा वाटरएड नेपालको सहयोगमा सम्पन्न कार्यक्रमअघि काठमाडौंको माइतीघर मण्डलादेखि बबरमहलसम्म ¥यालीको आयोजना गरिएको थियो ।
कार्यक्रममा चन्द्रकुमारी श्रेष्ठ, कल्पना रम्ते, भक्त विश्वकर्मा, रवीन्द्र ताम्राकार, भगवतीकुमारी वि.क, चन्द्रावती रम्तेल लगायतले दलित त्यसमा पनि दलित महिलाको स्वस्थ खानेपानीमा पहुँच कम भएकाले खानेपानीमा सहज पहुँच पु¥याउनका लागि सरकारले विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्र तथा संघसंस्थासंग आवद्ध ३६ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण दलित महिला संघ, खानेपानी सरसफाई र स्वच्छतामा दलित महिलाको पहुँच अभिवृद्धि परियोजनाका संयोजक मानबहादुर श्रीपालीले गर्नुभएको थियो

No comments:

Post a Comment