माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण नाङ्गेझार


एजेन्सी  : नासिक: यी १८ वर्षीय युवाले कुनै अपराध गरेका छैनन् । कानुनले गर्न नहुने भनेका कुनै काम नगरेका यिनको यो हालत प्रेम गरेकै कारणले भएको हो ।भारको महाराष्ट्र राज्यको नासिकका गाउँलेले केटीसँग प्रेम गरेकै कुरालार्इ लिएर यी युवालार्इ  नाङ्गै बनाएर जुत्ताको माला लगार्इ सहर घुमाए । उनले परम्परागत सोच र रुढीवादी कुराले ग्रस्त आफ्नो गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण  नाङ्गेझार हुनुपरेको हो ।

भारतीय गाउँहरुमा परम्परालार्इ चुनौती दिने कोही निस्केमा यी युवाको जस्तै हालत भोग्नुपर्ने बाध्यता छ । भारत गाउँहरुमा भीडले न्याय अन्याय छुट्याउने चलनले आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण यी युवालार्इ शुक्रबार नाङ्गै बनाएर बजार घुमाइयो ।
नासिकस्थित वाम्बोरी गाउँका रोहित नामका यी युवाले आफूभन्दा माथिल्लो जातकी युवतीसँग चक्कर चलाएको थाहा  पाएर रिसाएका गाउँले भेला भएर उनको यो हालत बनाएका हुन् ।
उनलालार्इ सजाय दिनुपहिले गाउँलेहरु घरघरबाट निस्केर एकै ठाउँ जम्मा भएका थिए । आफैं न्यायाधी बनेका गाउँलेले प्रेम गरेको सजायस्वरुप यी युवालार्इ गधामा बसाएर बजार घुमाए । उसलार्इ पाठ पढाउनैका लागि गाउँलेले युवालार्इ जुत्ता र चप्पलको माला लगाइदिएपछि नाङ्गै बनाएर जुलुस समेत निकाल्न भ्याए । घटनापछि युवकलार्इ यातना दिने आठ गाउँलेलार्इ प्रहरीले पक्राउ गरेको छ । महाराष्ट्रको प्रहरीले घटनामा संलग्नहरुविरुद्द उजुरी दर्ता गराएर घटनाको अनुसन्धान अघि बढाएको छ ।
यो घटनाले फेरि  एक पटक भारतमा भीडको शासन रहेको पुष्टि गर्दै गाउँलेले कानुन पालना गर्न इन्कार गरेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसभन्दा अघि नागाल्यान्डको दिमापुर जिल्लाको केन्द्रीय कारागारबाट निकालेर एक बलात्कारका अभियुक्तको भीडले नै हत्या गरेको थियो  ।महाराष्ट्रमा पनि यी युवामाथि प्रेम गर्नुलार्इ अपराध ठहराउँदै भींडले नै कानुन हातमा लिएर यातना दिने काम गरेको  छ । यो घटनालार्इ भारतीय सञ्चारमाध्यमले कानुनको खिल्ली उडाइएको उल्लेख गरेका छन् । source:- annpurnapost

No comments:

Post a Comment