शान्ति सार्कीको मलद्वार नहुँदा ११ वर्षदेखि दिसापिसाब एकै ठाउँबाट

चैत ११, कञ्चनपुर - मलद्वार नहुँदा दिसापिसाब एकै ठाउँबाट गरिरहेकी बालिकाको उपाचार गर्न उनको परिवारलाई समस्या भएको छ । उनको उपचारका लागि सहयोग जुटाउन बालिकाका बाबु भान सार्की विभिन्न संघसंस्था धाइरहेका छन् । बालिकाको उपचारका लागि आफूसँगै आम्दानीको स्रोत नभएको उनले गुनासो गरेका छन् । भीमदत्त नगरपालिका १० जिमुवाका सार्कीकी छोरी शान्तिले मलद्वार नहुँदा ११ वर्षदेखि दिसापिसाब एकै ठाउँबाट गरिरहेकी छन् । सहयोग खोज्दै महिला तथा बालबालिका कार्यालयमा पुगेका बेला भेटिएका भानले भने, ‘उपचारका लागि मसँग क्षमता छैन ।’ शान्ति कक्षा ३ मा अध्ययनरत छिन् ।

भ्ाानका ४ छोरी र १ छोरा छन् । छोरीमध्ये शान्ति जेठी हुन् । ‘मैले दैनिक मजदुरी गरेर जेनतेन परिवार पालिरहेको छु,’ उनले भने, ‘छोरीको उपचार कसरी गर्ने ।’ उनीसँग सम्पत्तिका नाममा घर बनाउने जमिन पनि छैन । उनी जिमुवामै एक खोलाको किनारमा छाप्रो बनाएर बसिरहेका छन् ।

जन्मेदेखि मलद्वार नभएकी शान्तिलाई उनले उपचारका लागि विभिन्न ठाउँमा पुर्‍याए । कोहलपुर मेडिकल कलेजमा ५ वर्षअघि छोरीलाई देखाउँदा डाक्टरहरूले शल्यक्रियामा धेरै खर्च हुने भनेपछि उनले खर्च नभएर फिर्ता ल्याएका थिए । उनले छोरीको उपचार काठमाडौंको कान्ति बाल
अस्पतालमा हुने थाहा पाएको बताए । त्यहाँ आउजाउ गर्न समेत खर्च नभएकाले उनी विभिन्न संघसंस्थामा धाइरहेका छन्
साभार :- कान्तिपुर दैनिक 

No comments:

Post a Comment