चैत १२, हिन्दूहरुका आराध्यदेव भगवान् श्रीरामको जन्मोत्सव राम नवमी साबिकमा जस्तै यो बर्ष पनि समस्त हिन्दूजगतमा धुमधामका साथ मनाइँदै छ । त्यस दिन; हिन्दू धर्ममा अगाध श्रद्धा राख्न,े त्यै धर्मबाट ‘अछुत’ बनाइएका; दलितहरुले पनि‘अर्थ न पाउने, गोविन्द गाउने’ स्थितिमा भगवान रामका नाममा उपवास व्रतादि राखेर दर्शन गर्न मन्दिरमा जाने अनि एकाध बाहेक अधिकांश मन्दिरमा पुजारी वा अन्य कथित सवर्ण भक्तालुहरु द्वारा ‘अछुत’ भन्दै आफुलाई गरिएको अपमानको भारी बोकेर नियास्रो हुँदै घर फर्कनेछन् । हजारौं बर्ष देखि आफ्नो समाजमा यस्तो नियति भोग्दै आइरहेका दलितहरुले यसवारे कुनै विरोध÷ बिद्रोह नगरी उनै रामको लिला वा कृपा ठानेर चुपचाप सहँदै आइरहेका छन् ।
रामलाई ‘भगवान’ भनेर चिनाउने मूल ग्रन्थ वाल्मिकी रामायण वा विभित्र भाषामा अनुदित जुनसुकै रामायणमा पनि ऊनी धर्म रक्षकको रुपमा भन्दा वर्ण–रक्षकको रुपमा बढी सक्रिय रहेको पाइन्छ । भगवान विष्णुका अवतारहरु मध्य राम भन्दा पछि मानिएका कृष्णले गीताको अन्तिम (अठारौं) अध्यायमा भने अनुसार विष्णुले बनाएको बाहुन, क्षेत्री, वैश्य र शुद्र चार वर्ण र ती वर्ण–जनहरुले पालन गर्नु पर्ने भनि बर्णै पिच्छे बेग्लाबेग्लै तोकिएका विधि विधान–हरुलाई अक्षरशः पालना गराउने र यदि कुनै निर्धोले सो विधान विपरित आफ्नो वर्णलाई तोकेको भन्दा फरक काम गरेमा त्यसलाई जातहेरी मृत्यू दण्डको सजाय सम्म दिने भेद–पूर्ण काम रामचन्द्रले गरेको बाट पनि उक्त कुराको पुष्टी हुन्छ ।
वर्ण व्यवस्थानुसार तपस्या गर्ने अधिकार बाहुनलाई मात्र भएता पनि बलिया क्षत्री विश्वामित्रले वशिष्ठादि बाहुन हस्तीहरुको प्रबल विरोध हुँदाहुँदै पनि घोर तपस्या गरी जात (वर्ण) बढुवा भै बाहुन ऋषि बनेरै छाडे । उनलाई रामका तत्कालिन पूर्वजहरुले केही सजाय गर्न त सकेनन् नै उल्टै आफ्नो इक्ष्वाकु कुलका मुख्य पुरोहितहरुको अनिवार्य लिष्टमा समावेश गरे । स्वयम् भगवान रामले पनि ती ऋषिबाट युद्ध विद्याका धेरै कौशलहरु सिके । तर त्यहीकाम एउटा निर्धो निमूखो शुद्र जातिको ‘शम्बुक’ नामक ऋषिले राम–राज्यमा गर्दा भने त्यसलाई भयङ्कर अपराध मानेर राम आफैले चम्किलो तरवारले त्यो तपस्वीको टाउको छिनालेर मारे । त्यस बखत घटनास्थलमा रहेकी शम्बुककी स्वास्नीले ‘मेरो लोग्नेले के अपराध गरेर तपाईले यसरी निर्ममता पूर्वक मार्नु भयो ?’ भनि राम संग प्रश्न गर्दा ‘तेरो लोग्नेले बाहुनले मात्र गर्न पाउने– तपस्या गरेर ठूलो अपराध ग¥यो, त्यसैकारण मैले धर्म रक्षाको लागि यसलाई मार्नु प¥यो’ भनि उत्तर दिए । त्यो सुनेर ती स्त्रीले रामलाई ‘तपाईले मेरो पतिलाई धर्म–रक्षार्थ मार्नु भएको होइन, किनकि मेरा पति तपस्वीले कसैको हानी नोक्सानी र पाप कर्म गरेकै छैनन् । आफ्नो कालगतिले मरेको एउटा बाहुनको छोरोलाई ब्यँुताएर वर्ण–रक्षा गर्न मात्र तपाईले बेकसुर मेरो पतिलाई मार्नु भएको हो । तसर्थ ए राम ! तपाई धर्म–रक्षक होइन, वर्ण–रक्षक हो ’ भनि ठोकुवा गरेकी थिइन् ।
यसता वर्ण–रक्षक र रामायणकै अनुसार घरको भेदी विभिषणले निरन्तर साथ नदिएको भए रावणलाई मार्नै नसक्ने अवस्थाका अशक्त रामलाई भगवान मानेर पुज्नु, एवं उनीबाट कुनै दैवी कृपाको आशा गर्नु, आजको युगमा कत्तिको उपयुक्त छ सबैले सोच्ने बेला आएको छ । साथै आफ्ना पुर्खाका ज्यानी–दुश्मनलाई,आफुहरु बाहेक संसारका अन्य कुनै पनि जातिले, आराध्यदेव मानेको रेकर्ड छैन, हिन्दू धर्म मात्रे दलितहरुले पनि सोच्ने कि !
—०—
source: Nepaldalitinfo
No comments:
Post a Comment