कुलदिप जुग्जालिको फलाम पिटेर मासिक २ लाख कमाई

जिल्लाको बरंजा–२ का कुलदीप जुग्जाली केहीबर्ष अगाडीसम्म गाउँघरमा असफल ब्यक्तिका रुपमा चिनिन्थे । खुद्रा पसल, दोहोरी साँझ, बैदेशिक रोजगार, लगाएत करिव आधादर्जन ब्यवसायमा उनले लाखौ गुमाएपछि परिक्षण ब्यवसायका रुपमा फलाम कारखाना सञ्चालन गरेका जुग्जालीले अहिले रहरलाग्दो आम्दानी गरिरहेका छन् । बेनी नगरपालिका–३ हाँडेभीरमा रहेको कारखानाबाट मासीक १५ लाखको कारोबार गर्ने गरेका छन् ।
‘हरेक क्षेत्रमा असफल भएपछि २० हजारबाट यो पेशामा प्रवेश गरेको हुँ, अहिले सोचेभन्दा बढि आम्दानी गर्न सफल भएको छु’ जुग्जालीले बेनीअनलाइनलाई भने । उनले ब्यवसाय र अस्टे«लिया र यूरोप जाँदा लागेको २५ लाख ऋण समेत यसै ब्यवसायबाट तिर्न सफल भएको समेत बताए ।ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ भनेजस्तै ऋण लागेपछि उनलाई बैक तथा वित्तिय संस्था देखि ब्यक्तिसम्मले मानसीक तनाव दिए ।

बेनी–बागलुङ सडकखण्डको पक्की पुलमा सरकारी जग्गा भाडामा लिएर ब्यवसाय सुरू गरेका जुग्जालीले अहिले करिव ५० लाख लगानी गरेर कोइला बनाउन २६ र कारखानामा ६ गरी ३२ जनालाई रोजगार दिन सफल भएका छन् । ‘मेरो आम्दानी दुईलाखभन्दा तलछैन् । २ सय रुपैयाँ नपत्ताउने मान्छेहरू पनि मेरो ब्यवसाय देखेर दंग परेका छन्’ उनले भने । कारखानामा खुकुरी, तामाका ग्रागी, ताउला, फलामका हँसिया, कुटो, कोदाली र घरायसी प्रयोजनमा प्रयोग हुने धातुजन्य बस्तु नयाँ तथा मर्मत गरिन्छ। उनले बनाएका खुकुरीको बजार देशका विभिन्न जिल्लाका साथै बेलायत र यूरोपसम्म पुग्ने गरेको छ ।
धौलागिरि अञ्चलमै पहिलो पटक एकैपटक २५ वटासम्म फलाम पोल्न मिल्ने ३ वटा भाटी समेत कारखानामा रहेको छ ।उनले आफुँलाई सञ्चालक भन्दा पनि मजदुरका रुपमा चिनाउँछन् । दिनभर अन्य कर्मचारीसँगै समाना बनाउन ब्यस्त हुन्छन् । कर्मचारीले न्युनतम १५ देखी २५ हजारसम्म तलव खान्छन् । ‘ऋणमा ढुवेपछि पैसाको महत्व बुझ्ने प्रयास गरे । ऋण दिएकाहरूको ब्यवहार देखेर मलाई पनि ब्यवसायी बनायो’ उनले भने । कारखानामा ३० रुपैयाँ देखी १७ हजारसम्मका सामान रहेका छन् । मासीक १०–१५ हजारको कमाई गर्न लाखसम्म खर्चिएर विदेश पलायन हुने युवाहरूलाई राज्यले ब्यवसायीक सीपको ब्यवस्था गरे गाउँघरमै ब्यवसाय सञ्चालन गरी राम्रो आम्दानी गर्न सक्ने जुग्जालीको भनाई छ । ‘सरकारले पासर्पोट काट्न कडाई गर्नुपर्नेमा थप सुविधा दिएर पलायनलाई प्रोत्साहन गरिरहेको छ’। धेरैजसो जबरजस्ती विदेशीनु परेको छ’ उनले भने ।
सरकारी सेवामा कार्यरत भएका कर्मचारीजस्तै हरेक क्षेत्रमा २० बर्ष निरन्तर सक्रिय रहेकालाई परिचयपत्रको ब्यवस्था गरी सेवासुविधा दिने राज्यले निती ल्याएमा बैदेशिक रोजगारमा जाने युवाको संख्या घट्ने उनको सुझाव छ । कारखानाबाट उत्पादन भएका साम्रागी म्याग्दीका साथै बागलुङ, पर्वतमा धेरै थपत हुने गरेको छ । नयाँ पुस्ताले परम्परागत रुपमा चल्दै आएको आरन ब्यवसायप्रति आर्कषित नहुदाँ विस्तारै लोप हुदै जान थालेको भन्दै जुग्जाली लगाएतको एक समुहले जिल्लाभर रहेका आरन ब्यवसायीलाई संगठित गरेर संस्था स्थापना गरी आधुनीक उपकरण सहितको सीप हस्तान्तरण गर्ने योजना बनाएका छन् ।
कृषि औजारमा सस्तो ब्याजदर---
कृषिक्षेत्रलाई सर्वसुलव ब्याजदर दिने सरकारले घोषणा गरेपनि कृषि औजारमा महँगो ब्याजले समस्यामा परेको आरन ब्यवसायीले बताएका छन् । परम्परागत आरनलाई भट्टी सहितको आधुनीक प्रविधि आवश्यक रहेपनि बैक तथा वित्तिय संस्थाले लगानी गर्न हिच्किचाउने गरेको बेलबहादुर विकले बताए । ‘सित्तैमा पैसा माग्न आएजस्तो गर्दछन् । पुरानो तरिकाले आम्दानी गर्न सकिन्न’ उनले भने ।

ठुला र्बैंकले धितो खोज्ने, सहकारीले २४ प्रतिशतसम्म ब्याज लिने गरेकाले आवश्यकता अनुसार लगानी बढाउन समस्या भएको ब्यवसायीको भनाई छ । ‘हाम्रो ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ’ । आवश्यक लगानी दिन सकेमा धेरैलाई रोजगारी समेत दिन सकिन्छ’ ब्यवसायी जुग्जालीले भने। ग्रामिण क्षेत्रमा अधिकाँस दलित संलग्न रहेको आरन ब्यवसाय निर्वाहमुखी अवस्थामा छ । जिल्ला विकास समिति अन्र्तरगतको दलित बर्गउत्थान जिल्ला समन्वय समितिले आरन ब्यवसायलाई प्रोत्साहन गर्ने निति ल्याएपनि ब्यवहारिक रुपमा सफल हुन सकेको छैन् । जिल्लाभर आधा दर्जन ब्यवसायीक भएपनि अधिकाँस निर्वाहमुखी अवस्थामा रहेका छन् ।
फुर्सदमा कलाकारिता ----
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहेका जुग्जाली जिल्लामा राम्रो लोकदोहारी कलाकारका रुपमा समेत चिनिन्छन् । म्याग्दी महोत्सव तथा ग्रामिण क्षेत्रमा सञ्चालिन मेलापर्वमा उनले आफुँलाई कलाकारका रुपमा समेत प्रस्तुत गर्ने गरेका छन् । धेरैले उनलाई गायका रुपमा समेत चिन्छन् । गायनसँगसँगै बाद्यवादनमा समेत राम्रो कला रहेकाले पनि उनले आफ्नो माध्यमबाट धेरैलाई अवसर दिलाएका छन् ।

उनले लोकदोहारी क्षेत्रलाई कमाईसँगै नेपाली कला र संस्कृतिको जर्गेना गर्ने माध्यमका रुपमा लिएको बताउँछन् । ग्रामीण क्षेत्रमा बनाईने विभिन्न किसिमका बाजा कारखानामै बनाएर पठाउने गरेका छन् । उनले कलाकार भएपछि ब्यवसायमा फाईदा भएको बताउँदै ब्यवसायसँगै निरन्तरता दिने समेत बताए । उनले कारखानामा पञ्चेबाजा बजाउन समेत सिकाउने गरेका छन् ।
- साभार -म्यग्दिकाली

No comments:

Post a Comment