एक दलित छात्रालाई कोठाबाट निकाली दुव्र्यवहार

गोरखा, चैत १४ । दलित भएकै कारण गोरखाको जौवारी गाविस ड्यास खर्ककी एक छात्रालाई स्थानिय ब्राहमण समुदायका परिवारले कोठाबाट निकालेर दुव्र्यवहार गरेका छन् । गत ४ गते जनज्वोती उच्च माविबाट एसएलसी परिक्षा दिन परोपकार उच्च मावि जौवारी पुगेकी छात्रा एलिसा नगरकोटीलाई घरघनी सृजना खनालले कोठाबाट निकालेर दुव्र्यहार गरेको पीडितका दाजु चिजकुमार नगरकोटीले जानकारी दिनुभयो । एलिसा सहित जनज्वोती उच्च माविका ४ जना छात्राहरुलाई परिक्षा अबधी भरी जौवारी गाविस ७ का इन्द्र प्रसाद दुवाडीको घरको कोठा भाडामा दिने सहमति भएको थियो ।
तर ४ गते त्यहाँ पुगेकी नगरकोटीलाई दलित भएको बताए पछि अन्तै कोठा खोज्न इन्द्र दुवाडीकी बुहारी सुजना खनालले भनेको नगरकोटीले बताउनुभयो । एलिसाले तत्काल कोठा खोज्न नसक्ने बताएपनि सृजनाले दलितलाई आफुहरुले अहिलेसम्म घर भित्र नछिराएको भन्दै बस्न दिन नसक्ने भनेपछि पिडित छात्रा समस्यामा पर्नुभएको छ । समस्या बाहिर आएपछि विद्यालयका शिक्षक समेत रहेका घरधनी इन्द्र प्रसाद दुवाडीलाई बोलाएर त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको परोपकार उच्च माविका प्रार्चाय हरि प्रसाद ढकालले बताउनु भयो ।
पिडितका दाजु चिजकुमारले बहिनीको एसएलसी परिक्षा बिग्रने डरले घटना ढिलो गरि सार्वजनिक भएको बताउनुभयो । यता घरधनी सृजनाले भने आफुले कुन जात हो भनी सोधेको भएपनि कोठा नदिएको भन्ने कुरा झुटो भएको दावी गर्नुभयो । उहाँलेसंगै बस्ने अरुलाई एलिसा कुन थरको हो भनी सोधको र यस अधि दलितलाई राख्ने नगरेको कुरा भने बताएको स्विकार गर्नुभयो । सत्ययता घटनाका सम्बन्धनमा नेपाल राष्ट्रिय मुक्ति दलित मुक्तिमोर्चका जिल्ला अध्यक्ष दिल बहादुर सेन्चुरीले जिल्लामा उपल्लो जाती भनिनेहरुबाट दलित समुदाय माथीको दुव्र्यवहारको घट्ना बढदै गएको भन्दै घटनामा संलग्नलाई कडा कारवाही गर्नुपर्ने बताउनु माग गर्नु भएको छ ।
साभार: realkhabar

No comments:

Post a Comment