जातीय भेदभाव तथा छुवाछूत प्रथा अन्त्य गरिनुपर्छ - उपप्रम गौतम


ललितपुर, ६ चैत । उपप्रधानमन्त्री वामदेव गौतमले समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत प्रथालाई व्यावहारिक रुपमै अन्त्य गरिनुपर्ने बताउनुभएको छ । 

पचासौँँ अन्तर्राष्ट्रिय जातीय विभेद एवम् रङ्गभेद विरुद्धको दिवसका अवसरमा मानवअधिकार मञ्च र जागरण मिडिया सेन्टरलगायत सङ्घसंस्थाद्वारा यहाँ आज आयोजित ‘जातीय भेदभाव विरुद्ध नीतिगत बहस’ विषयको अन्तक्र्रियामा गृहमन्त्री गौतमले चेतनामार्फत जातीय विभेद अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । 

“जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी भएका ऐन कानुनलाई कडाइका साथ कार्यान्वयन गर्दै छुवाछूतविरुद्ध चेतनामूलक जागरण अभियान नै सञ्चालन गर्नुपर्छ”– गौतमले भन्नुभयो । 

राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपाली, नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर, दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनार र गैरसरकारी संस्था महासङ्घका अध्यक्ष शर्मिला कार्कीले युगौँदेखि जातीय भेदभाव तथा छुवाछूतको पीडा भोग्दै आएका दलित समुदायको राज्यका हरेक संरचनामा समान सहभागिता र तिनलाई नीति निर्माण तहसम्म पु¥याउनका लागि राजनीतिक रुपमा अग्रसर बनाउनुपर्ने बताउँदै दलित महिलाका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । रासस 

No comments:

Post a Comment