रोल्पाको घोडागाउँमा गरिवीका कारण धेरै विद्यार्थी अनियमित भए

रोल्पा । रोल्पाको घोडागाउँ जनएकता प्राविमा पढ्ने सबै विद्यार्थी कथित दलित छन् । यहाँ पढाउने शिक्षक पनि कथित दलित मात्र छन् । यो विद्यालयमा तीन कक्षासम्म मात्र पढाइ हुन्छ । तर,कमजोर आर्थिक अवस्थाका अभिभावकले बालबालिकालाई विद्यालय नपठाउँदा विद्यालयलाई आफ्नो अस्तित्व जोगाउन नै समस्या भएको छ ।
अभिभावकले बालबालिकालाई पढाइ खर्च,पोसाक र खाजाको व्यवस्था गर्न नसक्दा विद्यालय नपठाएका हुन् । किताब, कलमसमेत किन्ने खर्च नहुँदा बालबालिकालाई घरमै राख्ने गरेको एक अभिभावक पुरन गन्धर्वले बताए ।
यो विद्यालय २०६५ सालमा स्थापना भएको हो । अहिले १ सय ५३ विद्यार्थी पढिरहेका छन् । तीमध्ये अधिकांश गन्धर्व, कामी र सार्कीका बालबालिका छन् । तर, गरिवीका कारण धेरै विद्यार्थी अनियमित भएको विद्यालयले जनाएको छ ।

No comments:

Post a Comment