उनको दैनिकी बिहान ८ बजेबाट सुरु हुन्छ । कोठामा छोरा बुहारीसँग बस्ने उनी कोठाबाट कपडा सिलाउने कल, कैची, बस्नलाई बोरा लगायतका सामान लिएर कोठाबाट निस्कछन् ।
सिन्धुपाल्चोक जिल्ला फुल्पिङ्गकोट गाविस–३ केराबारी घर भएका सन्तबहादुर परियारको विगत ३० वर्षदेखिको दैनिकी हो । गाँउमाभन्दा शहरमा कमाई हुने ठानेर सन्तबहादुर २०४० सालमा शहर पसे । शहरमा पनि उनलाई भक्तपुर तिर बस्न मन लाग्यो । अहिले बसेको बंश गोपाल टोलको देखाचोमा पाटीमा बसेर उनले हजारौं मानिसहरुको कपडा मर्मत गरिसके । पहिला–पहिला त बुस्कोट (सर्ट), पाइन्ट जस्ता कपडा उनकोमा ल्याउने गर्थे, मानिसहरु आजभोली समय परिर्वतन भएको छ ।
विभिन्न रङ्गी विरङ्गी फेशनले गर्दा युवा जमाना त पुराना कपडा मर्मत गर्न पनि खासै आउँदैनन् । तर उमेरले ५० नाघेकाहरु भने सन्त बहादुरका आउने गरेको उनले बताए । वि.स १९९७ सालमा जन्मिएका उनी ७४ वर्ष भएपनि आफुमा काम गर्ने जोश नहराएको बताउँछन् । ठट्टा गर्दै उनले भने–“मेरो तन बुढो भएपनि मन बुढो भएको छैन ।” कपडा सिलाउने मेशिनको सियोबाट फुत्किएको धागो राख्न आजभोली उनलाई ७÷८ पटक लाग्छ, तर पनि उनमा काम गर्ने जाँगर भने हराएको छैन् ।
भन्न त छोराहरुले काम नगर बा भनेर भन्छन् तर आफुलाई दैनिकी बिताउन पनि काममा लागेको हुँ उनले भने, ‘सुतेर कति दिन बस्नु ।’ कान्छो छोरासँग बसेका उनी विदेशमा काम गर्न गएको छोराले गएको ऋण मुस्किलले तिरेको बताउँछन् । आउँदा मलाई चिनो यहि घडी ल्याइदियो भन्दै उनले नाडिको घडि देखाए । सन्चो नभए गाँउ भएको थिए दुई दिन भो आएको काम अलि धेरै भएको भन्दै उनले कुराकानीसँगै कामलाई सुचारु गरे । पर्यटकीय क्षेत्रमा बसेकाले कहिले काहिँ विदेशीहरुले समेत तस्बिर खिचेका छन् ।
जवानीको बेलामा घटेको घटना सुनाउदै उनले भने– “म र कालीबहादुर भन्ने मेरो साथी नौबिसे बजारमा चिया खाएर पैसा तिर्न लाग्दा, साहुनीले गिलास माझ्न भनिन, तर कालीबहादुर मान्छे झक्की थिए, उनले पनि तेरो गिलासको मुल्य कती भनेर सोधे ? त्यसपछि गिलासकै दाम तिरेर हामी हिँड्यौ” ।
१८ वर्षे जवानीमा विवाह बन्धनमा बाँधिएका सन्तको श्रीमतीले यो संसार छोडेको ५ साल हुन लाग्यो । २ छोरा र २ छोरीबाट उनका १० जना नातिनातिना छन् । “नातिहरु कुबेत, कतार, साउदी पुगे काम नगर्नु हजुरबा भन्छन् तर मलाई यो शरिर चलुञ्जेल आफ्नै कमाई खाने मन छ,” उनले भने ।
बंशगोपाल, देखाचो वरपर टोलका मानिसहरुको पुरानो कपडा सिलाए बापत दिने २०/ ३० रुपैयाँले नै मेरो जिन्दगी चलेको छ । म यति दिनुस् भनेर माग्दिन उनीहरुले नै सोचेर दिन्छन् । कामको मुल्याङ्गन गर्न सक्नेले बुझेर दिन्छन् नबुझ्नेले सित्तैमा पनि गराउन खोज्छन् । सरकाले दिएको वृद्धा भत्ताले चियाखान पुग्ने भन्दै उनले भने, ‘मैले पनि ४ वर्ष हुन थाल्यो भत्ता लिएको । तर केहि रकम थपिदिए छोराछोरीले बोझ ठानेका बुढाबुढीलाई राहत हुने उनको बुझाई छ ।’
गाउँमा गरी खान पुग्ने खेतबारी भएपनि आजभोली गाउँमा जन्ती र मलामी जाने मानिस छैनन् सबै शहर पसे, कोहि मुग्लानतिर लागे, के बस्नु छ र गाउँमा उनले सुस्केरा हाल्दै भने, ‘राजनितिक परिर्वतनसँगै छुवाछुतमा कमि आएपनि गाउँघरमा अझै पनि यो चलन हटेको उनले पाएका छैनन् । युवा पुस्ताले छुवाछुत नगरे पनि बुढापाकाले अझै यो कुप्रथा नछोडेको बताए ।’
आफ्ना जवानीको बेलामा घटेको घटना सुनाउदै उनले भने– “म र कालीबहादुर भन्ने मेरो साथी नौबिसे बजारमा चिया खाएर पैसा तिर्न लाग्दा, साहुनीले गिलास माझ्न भनिन, तर कालीबहादुर मान्छे झक्की थिए, उनले पनि तेरो गिलासको मुल्य कती भनेर सोधे ? त्यसपछि गिलासकै दाम तिरेर हामी हिँड्यौ” ।
तर, आजभाली त सबै जातीले होटल चलाएका छन् त्यस्तो भेदभाव बजारमा मैले देखेको छैन्, उनले भने ।
साभार- रातो पाटी
No comments:
Post a Comment