शिक्षकको कुटाइबाट घाइते राजेन्द्र विक अस्पताल भर्ना

 (शिक्षकको कुटाइबाट घाइते तनहुँको पुट्टार स्थित श्री कृष्ण उच्च मावि कक्षा ८ मा अध्ययनरत १७ बर्षिय राजेन्द्र विक, पोखराको फेवासिटी अस्पतालमा शुक्रवार उपचार गराउदै।) फोटो : कृष्णमणि बराल
तनहुँ:  शिक्षकले लात्ती प्रहार गर्दा एक विद्यार्थीको अस्पताल भर्ना भएका छन् ।  तनहुँको पुट्टार स्थित श्री कृष्ण उच्च माविका शिक्षक नारायण मल्लले कक्षा ८ मा अध्ययनरत १७ बर्षिय राजेन्द्र विकलाई लात हान्दा  बायाँ खुट्टा भाँचिएको आशंका गरिएको छ । 
 
‘शौचालयबाट फर्कंदै थिएँ,’ अस्पतालबाट अन्नपूर्णसंगको टेलिफोन कुराकानीमा विकले भने, ‘बल प्रहार गर्दा बाहिर गयो भनेर पहिले ढाडमा मुड्की प्रहार गर्नुभयो । फेरि लात्तीले हानेपछि लडें ।’ उनले ढाड दुखेको र खुट्टा पनि निकै दुखेको बताएपछि अभिभावकले उपचारका लागि फेवा सिटी पुर्‍याएका थिए । चिकित्सकले खुट्टा भाँचिएको आशंका गरेको र भिडियो एक्सरे गर्नु पर्ने बताएको विकले बताए ।शिक्षक नारायण मल्लले कुटपिट गरेको स्विकारेका छन् । ‘हामी भलिबल खेलिरहेका थियौं, ’उनले भने, ‘उसले बल विद्यालयबाहिर प्रहार गरे पछि आवेगमा आएर कुटेको हुँ ।’ उनले आफुले कुनै पूर्वाग्रह नराखेको तर गल्ती भने महसुस भएको बताए । ‘हामीलाई इन्सल्ट गरेजस्तो लागेर कुटियो । तर अहिले पछुतो लागेको छ ।’ उनले भने ।
 
जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले विद्यार्थीलाई कुटपिट गर्न नपाइने बताए । ‘बालमैत्री योजना बनाएर हरेक विद्यालयमा पठाएका छौं ।’ उनले भने, ‘कुटपिट गर्ने शिक्षकलाई स्पष्टीकरणका लागि भनेका छौं ।’ स्पष्टीकरण र घटनाको स्थिती बुझेर कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए । 
source:-annpurna

No comments:

Post a Comment