जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो

काठमाडौं, चैत ७ - जातीय विभेद विरुद्धको अन्तर्राष्ट्रिय दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनार्इंदैछ  । जातीय छुवाछुत तथा भेदभाव विरुद्ध लडौं विगतबाट पाठ सिकौ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न संघसंस्था, अधिकारकर्मी लगायतको सहभागितामा जनचेतनामूलक कार्यक्रम हुँदैछ ।
संयुक्त राष्ट्रसंघ सन् १९६५ मा जातीय विभेद हटाउने सम्बन्धि महासन्धि पारित गरेर जाति एवमंं रंगभेद उन्मूलन दिवसको रुपमा मनाउने घोषणा गरेसँगै सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा दिवस मनाउँदै आएको हो । नेपालले सन् १९७१ मा महासन्धि अनुमोदन गरेको हो ।
२०६२/०६३ मा जनआन्दोलनपछि पुनःस्थापना भएको संसदले २०६३ जेठ १६ गते नेपाललाई छुवाछुत मुक्त देश घोषणा गरेको थियो । त्यस्तै जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ ब्यवस्थापिका संसदले पारित भएपनि जातको आधारमा गरिने भेदभावमा कमी आएको छैन ।
छुवाछुत र विभेदको अन्त्य गर्नको लागि राष्ट्रिय एकता र पहलको लागि अधिकारकर्मीहरुले जोड दिएका छन् । 

No comments:

Post a Comment