भीम बहादुर कामीले गाउमै बास,निंगालाको ब्यवसाय नै खोले

Milan news photoमिलन परियार
५ चैत्र, डोटी
भारतको पंजाबमा ९ बर्ष चौकीदारी गरी छुट्टीमा घर आएका डोटी दुर्गामाण्डौ गाविस ५ खड्का बाडाका ३५ बर्षिय भीम बहादुर कामी फर्केर गएनन् ।

उनीसंगैका दौतरी पंजाबको लुधियाना शहमा रातदिन डण्डा ठटाउदै छन् । तर उनी भने गाउ“मै बास,निंगालाको काम गरेर राम्रै आम्दानी गरिरहेका छन् । ६ बर्ष अघि गाउ“मै सडक पुगेपछि बनेको वायल बजारमा उनले बा“स,निंगालाको काम गर्न थालेका छन् ।

Milan news photo 2उनले दुर्गामाण्डौं गाविसको वायल बजारमा घर भाडामा लिएर एक बर्ष देखी बा“स,निंगालाको काम गर्ने ब्यवसायनै खोलेको छन् । त्यसबाट राम्रो कमाई भएपछि उनी यतै बसेका हुन् । उनले भारतमा चौकीदारी गरी रहेका गाउ“ले भाईलाई पनि बोलाएर यसै काममा लगाएका छन् ।

गाउ“देखि पा“च घण्टाको दुरीमा रहेको चुरे जंगलमा पाईने निगांलो ल्याउने र आफैले बिभिन्न किसिमका सामाग्री तयार गर्ने गरेका छन् । निगांलोका सामानहरु स्थानीय बजारमै खपत हुन्छ ।
ब्यवसायबाट महिनामा २० देखि ३० हजार रुपैया“ आम्दानी हुने उनी बताउ“छन् । उनको पसलमा दुई जना कामदार छन् । उनिहरुले बनाएको डोको,छाप्रो,डुग्रो,डालो,सुप्पाले राम्रै बजार पाएको छ ।
स्थानीय बजारमा मात्र नभएर छिमेकी गाविस बासुदेबी,तिखात्तर,गगुडा,सातफरी,धिर्कामाण्डौ र चवराचौतारामा समेत बिक्रि हुने गर्दछ । बोगटान क्षेत्रको प्रमुख बजार वायल भएकाले उनीहरु सामाग्री लिनका लागि वायलमै आउने गर्दछन् ।
अर्काको देशको गल्ली चहारेर नोकरी गर्नु भन्दा आफ्नै गाउ“मा मनग्गे पैसा कमाउन सकिन्छ कामीले अनुभव सुनाए । यसै ब्यवसायको कमाईले राम्ररी घर परिवार पालेको र दुई छोरालाई स्थानीय सनराईज बोर्डिङ स्कुलमा समेत पढाएको उनले बताए ।
source:- जागरण मिडिया 

No comments:

Post a Comment