अन्तरजातिय विवाहको पिडा - विनोद परियार

दलितसंग विवाह गरेको भन्दै केटा गायब पारेपछि केटीको विचल्ली
रुपन्देही मानपकडी ४ कि सुनिता विक र सोही ठाउ बस्ने उदित नारायण चौधरी (दिप्रेन्द्र)ले विवाह गरेको ७ महिना भयो । दुवैले एकले अर्कालाई मन पराएपछि गत माघमा सुनिता र उदितले प्रेम विवाह गरेका थिए । जबदेखि उदितले सुनितालाई विहे गरे,त्यसदिनदेखिनै दलित केटीलाई विहे गरेको भन्दै पारिवारिक दवावको सामना गर्नुप¥यो ।
दलित केटीलाई घरमा स्विकार गर्देनन भन्ने बुझेका उदित र सुनिताले परिवारबाट जोेगिन गाउदेखि टाढा बस्ने
निर्णय गरे जस अनुसार सुनितालाई लिएर उदित कपिलबस्तुको विरपुर स्थित फुपुको घर पुगे । तर त्यहाँ पुगेपनि यी जोडी उदितको घरबाट छुटाउने प्रयत्न भएपछि बुटवल आए । पारी बुटवल स्थित    मिना तुलाधारको घरमा डेरामामा बस्न थाले ।घरवेटीकै ग्रिल उद्योगमा काम गरेर सुनिता र उदितले साँझ विहानको भोक मेटथे । उदितको घरबाट दिनहुँजसो कामीको छोरी ल्याएको भनेर फोनमा धम्की आउथ्यो तर उदितले सुनिताको साथ नछाड्ने अड्डी गरिररहे ।निरन्तरको पारिवारिक दवावका बामजुद पनि उदितले आफुलाई सधै संगै राख्ने र कुनै पनि हालतमा नछाड्ने अड्डी कस्दा सुनिता निकै खुशि हुन्थिन । दिनहरु वित्दै गए तर सुनिताको यो खुशि भने धेरै रहेन । सधै साथ दिन्छु भन्ने उदित सुनितालाई एक्लै छाडेर एकाएक गायब भएका छन् । दलितको छोरी विहे गरेको भन्दै उदितका वुवा विष्णु र उनका जेठा बुवा कृपानाथ चौधरीले सुनितालाई छाड्न दवाव दिदै आएका थिए । पिडित सुनिताका अनुसार पारिवारहरुले आफुबाट अलग गराउन उदितलाई गायब बनाएका हुन । उदित सम्पर्क विहिन भएको एक महिना वितिसक्यो,तर परिवारले विभिन्न वाहनामा उदितलाई सुनितासंग छुटाउने प्रयत्न भईरहेको अधिकारकर्हिहरु बताउछन् । सामान्य लेखपढ मात्रै जानेकी सुनिताको पेटमा तीन महिनाको गर्भ छ  तस्विरमा -सुनिता विक 
बुधबार नेपाल दलित पत्रकार संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सुनिताले न्याय दिलाउन माग गरेकी छन् । ‘मेरो पेटमा बच्चा पनि छ , अब मेरो भबिष्य के हुन्छ उनले भनिन ‘विहे भईसकेपछि माईत बस्न पनि भएन यस्तो अवस्थामा म कहाँ जाने ।’ उदित एकाएक गायब भएपछि सुनिताले आफु बेसाहरा भएको बताउछिन् । श्रीमानलाई दलित केटीसंग विहे गरेको भनेर परिवारले अलग गराएको भन्दै जिल्ला प्रशाशन र प्रहरी कार्यालयमा समेत उजुरी दिएकी छन् ।
तर उदितका परिवारले गाउमै घटनालाई आलटाल गर्न खाजेको पिडित सुनिताका बुवा श्रीराम विक बताउछन् । ‘छोरी दुई जिउकी छ म कहाँ लैजाउ’ उनले भने तर उनीहरुले पैसा दिन्छु छोरीलाई तिमिले नै राख भन्छन् ।’
गाउमा आरनको काम गर्दै आएका श्रीरामले आर्थिक अवस्था कमजोर भएकाले प्रशाशन धाउन समेत समस्यामा भएको बताउछन् । ‘विहे भएको छोरीलाई माईतमा सधै राख्न पनि गाह« हुने सुनिताकी आमा मनकुमारी विकले ‘भनिन‘छोरीलाई न्याय दिलाई दिन प¥यो ।’ माईतमा समेत बस्न असुरक्षा भएकाले सुनिता हाल आफन्तको घरमा बस्दै आएकी छन् ।
जिल्ला प्रहरी कार्यालयमा निवदन दिएको थाहा पाएपछि राजनीतीक दलहरुले घटनालाई गाउमै मिलाउने भन्दै पैसामा बार्गेनिङ गर्ने प्रस्ताव गरेको सोही घटनामा पैरवि गर्दै आएका दलित अधिकारकर्मि अविराम विकले भने । दलित केटी भएकै कारण चौधरी परिवारले अनेक बाहना गरेर उदितलाई छुटाउन चाहेकोले प्रहरी प्रशाशनमा समेत पिडितका विरुद्धमा निर्णय गर्न दवाव दिएको विक बताउछन् । उनले फरार गराईएका उदितलाई प्रशाशनमा बुझाउनुपर्ने,सुनिताको जीवनको सुरक्षा र उसको बाच्ने आधार तय गरिदिनुपर्ने बताए ।
अझै पनि यस्ता विभेदका घटनाहरु बारम्बार दोहरिरहदा समेत प्रशानले कानुन बमकोजिम पिडितलाई न्याय दिलाउन नसकेको उनले गुनासो छ । राज्यले छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको अवस्थामा पनि यस्ता घटनाहरु भईरहेकाले प्रशाशनले काुननलाई ब्यहार उतार्न आग्रह गर्छन दलित वर्ग उत्थान जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष रामु विक ।
उता उदित नारायण चौधरी (दिप्रेन्द्र) का जेठबुवा कृपानाथ चौधरीले भने पैसामा घटना मिलाउन नखोजेको दावी गर्छन् । ‘उदित कहाँ छ भन्ने हामीलाई नि थाहा छैन’ उनले भने ‘खोज्दै छौं भेटिएला नि ।’ तर उनले घटनाको बारेमा थप जानकारी भने दिन मानेन । पिडितहरुका अनुसार उनले नै दुई लाख जतिमा कुरा मिलाऔं भनेर प्रस्ताव गरेका हुन ।
पिडितहरुले बारम्बार प्रशाशनसमक्ष यस्ता कुराहरु राख्दा समेत न्याय दिलाउन तर्फ ध्यान नदिएको गुनासो छ ।यद्यपि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भने पिडितलाई न्याय दिलाउन प्रयास गरिरहेको जनाएको छ ।
प्रहरी कार्यालय महिला विभागका प्रहरी निरीक्षक बृन्दा कुमारी क्षेत्रीका अनुसार केटाको बुवालाई तारेखमा बोलाउएको र तत्काल छोरालाई खोजेर ल्याउन निर्देश दिईएको छ । पछिल्लो समयमा रुपन्देहीका अन्रतजातिय विवाह गरेका जोडीहरुले यस्तै समस्या भोग्नु परेको छ । केहि समय अगाडि अन्तरजातिय विवाह गरेका रुद्रपुरका एक जोडी गाउमा बस्ने अवस्था नभएपछि विस्थापित भएका छन् ।
साभार:- dalitnewshome

No comments:

Post a Comment