दैलेखमा अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध टुटाउने पक्राउ

१४ मङ्सिर, दैलेख । दैलेख जिल्ला अदालतले दैलेखमा अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध टुटाउने छ जनालाई जनही रु पाँच-पाँच हजार जरिवाना र आठ-आठ महिना जेल सजाय तोकेको छ ।
दैलेखको जगनाथ गाविस वडा नं. ६ निवासी अमृत विक र त्यही कै सविता शाहीको अन्तर्जातीय विवाहलाई जातीय हिसाबले सहन नसकिने भन्दै केटालाई कुटेर भाग्न बाध्य बनाएका र केटीलाई आˆनै जातको अर्को केटासँग विवाह गराएको मुद्दामा जिल्ला न्यायाधीश नारायणप्रसाद धितालको एकल इजलासले मङ्गलबार सो सजाय तोकेको हो । अन्तर्जातीय विवाह गरेका जोडीको सम्बन्ध
 टुटाउनु जातीय विभेद भएको भन्दै जगनाथ गाविस वडा नं. ६ का रामबहादुर शाही, चक्रबहादुर शाही, पदमबहादुर शाही, ओमजङ्ग शाही, कुवेरजङ्ग शाही र केशव शाहीलाई सजाय तोकेको अदालतका श्रेतादार अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो ।
सरकारले अन्तर्जातीय विवाह गरेका जोडीलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको दुई महिना नबित्दै २०६६ भदौ १६ मा गरेका अमृत विक र सविता शाहीले अन्तर्जातीय विवाह गरेलगतै माइतीपक्षले केटालाई मरणासन्न हुनेगरी कुटेर गाउँ निकाला गर्नुसँगै केटीलाई आˆनै जातको अर्को केटासँग विवाह गरी दिएका थिए । सोही विषयलाई लिएर स्थानीय दलित गैरसरकारी संस्थाहरुको अग्रसरतामा जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी परेपछि प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत २०६६ कात्तिक २२ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अन्तर्जातीय विवाहकै सन्दर्भलाई लिएर माइतीपक्षले केटीलाई आˆनै जातमा फर्काउनका लागि केटाका अभिभावकबाट ६० हजार नगद र दुईवटा खसी लिएका थिए । दोषीहरुलाई जेल सजाय तोकिए पनि उनीहरुलाई जेल पठाइएको चाहिँ छैन ।  साभार:- रासस/ dalitnewshome

No comments:

Post a Comment