भूम्या पूजाको स्थापना देखि नै शेर्पाली थरका दलितले भूम्या पर्वको पूजापाठ गर्दै

पूजा पाठ भन्ने बित्तिकै सामाजिक मुल्यमान्यता धर्म संस्कारका कारण दलित पनि पुजारी हुँन सक्छ भन्ने प्रश्न अझैपनी धेरैमा हुँन सक्छ । तर मगर समुदायको बाक्लो बस्ती रहेको कांक्री गाविस-६ लुकुम रुकुममा भूम्या पूजाको स्थापना देखि नै शेर्पाली थरका दलितले भूम्या पर्वको पूजापाठ गर्दै आएका छन् ।स्वभावैले पनी भूम्या पर्वको शुरुवात देखि नै शेर्पाली कामीले साहसिक काम गरेको कारण भुम्या पुजाको पुजारी दलित भएको हो । नेपालको सन्दर्भमा भन्ने हो भने एक दुई ठाउँमा मात्र मगर समुदायका पुजारी भएको पाईन्छ । तर समाजमा दलित जातीलाई हेय तल्लो जातका रुपमा हेरिने गलत मान्यतालाई भने मगर गाउँमा परापुर्व कालदेखी नै दलित पुजारी हुँनुले चुनौति दिएको छ । 
सर्पको रुपमा रहेको भूमि देवताले हाम्रो भूमी सर्प को पुर्खाले हार् यो तेरो शाकाले जित्यो भनेर मान्छेको शरणमा आएर पूजापाठ गर्ने भनि बाचा गरेका कारण भूम्या पर्वको शुरुवात भयो । दर्लामी पुन र शेर्पाली कामी बिचमा भएको सरसल्लाह अनुसार शेर्पाली कामी पूजारी हुँने गरिएको छ । त्यसैअनुसार शेर्पाली कामीहरु बिचमा पनी पालैपालो पूजारी हुँने परम्परा रहेको छ । शेर्पालीहरुको भाईसंगोलमा पालैपालो प्रत्येक वर्षको पुजारी छान्ने गरिन्छ । एक वर्ष एक भाई पूजारी भएमा अर्को वर्ष अर्को भाई पूजारी हुँने चलन रहेको छ । 
आफ्नो पुर्खाले पहिलेदोख नै पालैपालो पूजारी हुँने परम्परा बसालेका कारण त्यसलाई निरन्तरता दिईरहेको धनबहादुर शेर्पालीले जानकारी दिनुभयो । तर पूजारी हुँने पालो आएको भाईको घरमा त्यस घरको महिला सुत्केरी भएमा गर्भवती भएमा भने त्य वर्ष पूजारी बन्न नपाईने हुँन्छ । घरमा महिला सुत्केरी अथवा गर्भवती भएमा घरमा जुठो भएको भन्ने गरिन्छ ।

साभार :- (नेपाल म्युजिक सेन्टरको अर्धवाषिर्क अनुसन्धानमुलक सांस्कृतिक प्रकाशन 'लोकसंस्कृति' को वर्ष६, अंक १,पूर्णाङक ९ २०६७ साउन-पुसमा प्रकाशित)

No comments:

Post a Comment