सामाजिक कार्यप्रति सक्रिय सुनारको युएर्इमा मृत्यु

अबुधाबी । युएर्इमा एक नेपाली कामदारको मृत्यु भएको छ । रोजगारीको शिलशिलामा वैदेशिक रोजगारीका लागि युएर्इ अएका दाङ राजपुरी गा. बि. स. नेपा खोलाका रेख बहादुर सुनारको शनिवार मृत्यु भएको हो । सुनार अवुधावीमा रहेको अक्युव पानी कम्पनीमा कार्यरत थिए ।

सुनारको कार्यस्थलमा काम गर्दा गर्दै छातिमा पीडा महशुस गरी काम गर्न नसकेपछि अस्पताल लगिएको थियो ।

 चेक अप गरेर चिकित्सकको सल्लाह बमोजिम औषधी लिंदै आफ्नै रुममा आराम गरीरहेका सुनार भोलि पल्ट बिहान फेरि एक्कासी विरामी भएपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।सुनार सामाजिक कार्यप्रति सक्रिय रहेको सहयोग उत्थान मञ्च अबुधावी क्षेत्रिय समितिका सकृय सदस्य समेत थिए । सुनारका श्रीमती र तीन छोरा छन् ।

No comments:

Post a Comment