गोली हानी हत्या गरेको १७ वर्षीया रिना रसाइलीको हत्या आरोपीले सफाई पाए

पोखरीचौरी गाविस-४ रैकरटोल (ढोकेडाँडा) की १७ वर्षीया रिना रसाइलीलाई माओवादीको आरोपमा तत्कालिन सरकारी सेनाले नियन्त्रणमा लिएर ०६० फागुन १ गते विहान गोली हानी हत्या गरेको आरोपमा ०६७ असोज १ गते गिरफ्तारीमा परेका काजीबहादुर कार्कीलाई काभ्रे जिल्ला अदालतले ०७० पुस ८ गते सफाई दिएको छ ।

नेपाली सेनामा कार्यरत उनी माओवादीद्वारा परिवारलाई मार्ने धम्कीपछि जागिर छोडेर विदेश भागेका कारण सेनाले भगौडा गयलमा राखे पनि नेपाल प्रहरीले घर आएका समयमा पोखराबाट गिरफ्तार गरी थुनामा राखेको हो । कास्की जिल्ला, कृस्तिनाँच्नेचौर गाविस-१ निवासी काजी कार्कीलाई ०६७ असोज ३ गतेदेखी कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएको थियो ।

काभ्रे जिल्ला अदालतका न्यायधी गोपालप्रसाद बाँस्तोलाको इजलासले मागदावी नपुगेको भन्दै कार्कीलाई थुनाबाट मुक्त गर्नका लागि फैसला दिएको हो । आरोपितका तर्फबाट ०६७ फागुन १२ गते गैरकानुनी थुनामा राखिएको भनी ०६७-ध्ज्-००७० नम्बरमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरे पनि सर्वोच्चले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । कार्कीका अनुसार उनी मिसन टोलीमा संलग्न भए पनि जागिर छोडेका कारण उनलाई फसाइएको हो ।

यस घटनाको अनुसन्धान प्रक्रिया अघि नबढाएको भनी पीडित पक्षले परमादेश समेतको रिट (०६४- ध्इ -०३३९) लिएर सर्वोच्च अदालत गएकोमा तत्कालिन प्रधानन्यायधीश अनुपराज शर्माद्वारा आवश्यक प्रक्रिया अघि बढाउन जिल्लास्थित सरोकारवाहरूलाई आदेश दिइएको थियो । वकालत मञ्चले ०६८ असार १७ गते तत्कालीन महान्यायधिवक्ता युवराज संगौलालाई रिना रसाइलीको ज्यान मारेको सम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजन सम्बन्धमा ज्ञापनपत्र दिएको थियो । 
मृतकका बाबु कर्णबहादुर रसाइलीले आफ्नी छोरी रिना रसाइलीलाई बलात्कार गरी हत्या गर्ने ९ नम्बर बाहिनी भकुन्डेका उपसेनानी सहितलाई कारबाहीको माग गरी ०६३ जेठ ११ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा (५६/२०६२/०६३/) दर्ता गरेका थिए । यस घटनाका विषयमा इन्सेकद्वारा प्रकाशित पुस्तक 'अमानवीयताको पराकाष्ठा' को पेज १ सय १४ मा वृस्तित विवरण उल्लेख गरिएको छ ।

No comments:

Post a Comment