पर्वतका दुर्गाबहादुर सुनारले अदालतबाट आममाफी पाए

दुवई, मंसिर २९ – सहकर्मी नेपालीको हत्याको आरोपमा युएईको जेलमा रहेका एक नेपालीले आममाफी पाएका छन् । आममाफी पाएसँगै अब उनी नेपाल फर्कन पाउने भएका हुन् ।

संयुक्त अरब इमिरेट्स (युएई)को शारजाहमा नेपाली हत्याको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएका चित्रे ४ पर्वतका दुर्गाबहादुर सुनार अदालतबाट आममाफी पाएर घर फर्कने भएका हुन् ।
सुनसरी हाँसपोसा २ का गणेशबहादुर बस्नेतलाई हत्या गरेको अभियोगमा ८ वर्षदेखि जेलमा थुनिएका सुनारलाई आममाफी दिनका लागि बस्नेत परिवारले राजीखुशीले स्वीकारपत्र पठाएपछि अदालतले यो सहमतीलाई सदर गरेको नेपाली दुतावासले जनाएको छ ।आममाफी पाएका सुनार घर फर्कनका लागि घर फिर्ती केन्द्र (डिपोर्टेसन)मा पुगेको युएईका लागि नेपाली राजदुत धनन्जय झाले जानकारी दिनुभयो ।दुवै परिवारको सहमतिमा सुनारले आममाफी पाएका युएईबाट पत्रकार उमाकान्त पाण्डेले बताउनुभएको छ ।

No comments:

Post a Comment